Logo

नेपाल स्वयमसेवि रक्तदाता समाजको तेस्रो महाधिवेशन सम्पन्न



नेत्र बिक्रम विमलीः काठमाडौं, १८ बैशाख । नेपाल स्वयम सेवि समाजको तेस्रो केन्द्रीय महाधिवेशन राजधानिमा सम्पन्न भएको छ । प्रेम साग कर्माचार्यको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

कार्यसमितिमा उपाध्यक्ष धुव्रराज थपलिया, महासंचिव राधाकृष्ण तण्डुकार, सचिवमा राजन महर्जन, कोषाध्यक्ष मीना श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्ण चौहान, गुञ्जन कुमार गुप्ता, रश्मि रोका मगर, टंक परियार, श्याम गौतम, भीम बिक, तीर्थराज अवस्थि, शिव कुमार शाहका
नाम सदस्यमा सर्वसम्वत पारित गरेको छ ।

रत्तदानको क्षेत्रमा काम गर्ने नेपालकै सबैभन्दा ठूलो संस्थाको ३३ जिल्लामा साखाँ तथा ३० हजार भन्दा बढि सक्रिय सदस्य रहेका छन् । स्रंस्थाको तेस्रो महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । कार्यक्रममा संस्थाको रुपन्देही साखाँलाई यस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्