काठमाडौँ, बैशाख १८ । पत्रकार कर्मचारीलाई समय मै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले नेपाल एफएममा माग पत्र सहित कालो ब्यानर टाँगेको छ ।
विश्वभर १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाँउदै गर्दा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट नेतृत्वको टोलीले नेपाल एफएममा कालो ब्यानर टाँगेका हो ।
नियमित तलब र लामो समयसम्मको बक्यौताको भुक्तानीका लागि व्यवस्थापनलाई दवाव दिन आन्दोलनमा उत्रनुको विकल्प नरहेको महासचिव बिष्टले बताए । नेपाल एफएमले त्यहाँ कार्यरत कर्मचारी, काम छोडिसकेका कर्मचारीहरुलाई समेत लामो समयको तलब बक्यौक्ता राखेको समाचार दैनिक नेपालमा छ ।
उनले भने ‘श्रमजीविको हक हितका लागि महासंघले कसैसँग सम्झौता गर्दैन र परि आए सञ्चार संस्थामा तालाबन्दी गरिन्छ ।’ विगतमा संचार संस्था बन्द हुँदा जनताको सूचनाको हक कुण्ठित हुने बाहनामा श्रमजीविलाई अन्याय हुँदा बन्द गर्न पाईन्न भन्ने रहेको भएपनि अहिले सूचना पाउने अन्य धेरै माध्यमहरु भएकाले तत्काल माग पुरा गर्न व्यवस्थापन तयार नभए वा महासंघको आन्दोलनलाई फितलो ठानिए तालाबन्दी सम्म गर्न पछि विष्टको भनाई छ ।
घोषित आन्दोलनका चरणबद्ध कार्यक्रम अन्तर्गत मंगलबार कालो ब्यानर टाँगिएको हो । आउँदो बिहीबार एक घण्टा धर्ना सहित थप कार्यक्रम गर्ने महासंघले जनाएको छ।