Logo

पाँच महिना पछि डा.देवकोटालाई नेपाल ल्याइयो, न्यूरो अस्पतालमा सघन उपचार हुँदै



काठमाडौं १८ बैशाख । विगत पाँच महिना देखी बेलायतको किङ्स कलेज हस्पिटलमा उपचाररत वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटालाई नेपाल ल्याइएको छ । अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा थप उपचार भइरहेको परिवार स्रोतले जानकारी दिएको छ ।

बाँकी उपचार नेपाल मै गराउने इच्छा अनुसार डा.देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको हो । अहिले उनको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ ।

डा.देवकोटाको उपचार यसै अस्पतालमा सघन रुपमा चलिरहेको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको भएतापनि देवकोटा कुन रोगबाट बिरामी परेका हुन भन्ने विषयमा विज्ञप्तिमा कुनै कुरा उल्लेख छैन ।



प्रतिक्रिया दिनुहोस्