काठमाडौँ, १८ बैशाख । अघिल्लो वषको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा भोगेको पराजयको बारेमा नेपाली काँग्रेस पार्टीले उपयूक्त समिक्षा गर्न नसकेको स्थितिमा काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले मेची महाकाली पशिक्षण कार्यक्रमम सम्पन्न गरेको छ ।
गत चैत्र २५ गते पूर्व झापाको बिर्तामोडबाट प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको प्रारम्भ गरेको नेपाल तरुण दलले बैशाख १३ गते सुदुरपश्चिमको धनगढीमा पुगेर पशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । तरुण दलले विविध कारण देखाउदै कर्णाली प्रदेशमा भने केही दिनमै पशिक्षण कार्यक्रम सम्पन्न गर्ने बताएको छ ।
नेपाली कांग्रेसका शिर्ष नेता समेतको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको र त्यसबाट पार्टी र संगठनलाई थप उर्जा मिलेको संगठनका महामन्त्री भुपेन्द्रजंग शाहीले जानकारी दिएका छन् ।
काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले तरुण दल जुर्मुराउदा कांग्रेसर्लाइ थप शक्ति प्राप्त भएको बताएका छन् । नेता पौडेलले भने ‘प्रशिक्षण कार्यक्रमले तरुण दलको प्रशंसा भएको छ, निर्वाचन पछि पार्टीले खासै गतिविधि गर्न नसकिरहेको अवस्थामा नेपाल तरुण दल एकताबद्ध बनेर देसब्यापी प्रशिक्षणमा जुटेको र त्यसबाट सफलता मिलेको छ ।’
तरुण दलको प्रशिक्षण कार्यक्रमले तरुण दलमा आवद्ध युवाहरुलाई थप संठित गरेको र शशक्त रुपामा जनतामा समर्पित हुन प्रेरण मिलेको महामन्त्री शाहीले बताएका छन् । नेपाल तरुण दलले प्रदेश नम्बर १ मा चैत २५ र २६ झापा, चैत २९ र ३० पर्सा प्रदेश २, बैशाख ३ र ४ हेटौंडा प्रदेश ३, बैशाख ६ र ७ पर्वत प्रदेश ४, बैशाख ९ र १० रुपन्देही प्रदेश ५, बैशाख १२ र १३ धनगढी प्रदेश ७ मा प्रशिक्षण अभियान संचालन गरेको थियो ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।सशांङ्क कोइराला, पूर्व महामन्त्री कृष्ण सिटौला, डा।रामशरण महत, बालकृष्ण खाण लगायतका नेता समेतले प्रशिक्षण दिएका थिए ।