काठमाडौं, २० बैशाख । नेपाल तरुण दलले एकैदिन, एकै समयमा जिल्ला, नगर तथा गाँउपालिका र वडा तहमा प्रशिक्षण प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेसको भात्रृ संगठन नेपाल तरुण दलले गत चैत २५ गते पुर्व झापादेखि बैशाख १३ गते सुदुरपस्चिमको धनगढीसम्म संचालन गरेको प्रदेश स्तरीय प्रशिक्षण पछि जिल्ला, नगर तथा गाँउपालिका र वडा स्तरमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको हो।
तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीका अनुसार आगामी जेठ ५ गते ७७ जिल्लामा एकैदिन एकै समयमा तरुण दलका जिल्ला समितिहरुले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने बुझिएको छ ।
त्यस्तै आगामी जेठ १२ गते ७५३ वटै सम्पूर्ण महानगर, उपमहानगर, नगरपालिका तथा गाँउपालिकाका तरुण दलका समितिले प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसै गरि जेठ १९ गते देशभरका सम्पूर्ण वडामा तरुण प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरिएको तरुण दलका महामन्त्री शाहीले जानकारी दिएका छन् ।
निर्वाचन पछि खासै राजनीतिक गतिविधि हुन नसकेको बेला तरुण दलले सफलता पुर्बक देसब्यापी प्रशिक्षण संचालन गरेको छ । तरुण दलको इतिहास मै पहिलो पटक एकैदिन एकै समयमा देसैभरी प्रशिक्षण कार्यक्रम गर्ने तरुण दलको उद्घोषले अरु संगठनलाई पनि तरुण दलबाट केही सिक्न प्रेरणा दिन महामन्त्री शाहीले बताएका छन् ।