Logo

बेलायतका परराष्ट्र राज्यमन्त्री नेपाल भ्रमणमा आउदै



काठमाडौँ, २३ वैशाख । बेलायतकाएसिया र प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र तथा कमनवेल्थ राज्यमन्त्रीमार्क फिल्ड आज नेपाल आउनु हुने भएको छ । दुईदिने नेपाल भ्रमणका आउने मार्कले नेपालमा रहँदाप्रधानमन्त्री केपीशर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित नेपाल सरकारकाउच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम रहेको काठमाडौँ स्थित बेलायतीदूतावासले जनाएको छ । नेपालको २०० वर्ष पुरानो द्विपक्षीय सम्बन्धविस्तारकालागिमार्क नेपालआउनलागेको दूतावासले जारी गरेको वक्तव्यमाजनाइएको छ । भ्रमणका क्रममाद्विपक्षीयव्यापार, लगानी वृद्धि र संघीयता कार्यान्वयनकालागि बेलायतले नेपाललाई गर्ने सहयोगकाविषयमा छलफल गर्ने दूतावासले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्