काठमाडौँ, २३ वैशाख । भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमागए राति एउटा मोटरसाइकल दुर्घटना हुँदादुई जनाको मृत्यु भएको छ ।जिल्लाप्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकलअनियन्त्रितभई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलचालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ बर्षकाभरत रामदाम र उहाँका छोरा मोटरसाइकल पछाडि बसेका ११ बर्षका समीर रामदामको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भई उपचारकालागिचितवन मेडिकल कलेजमाल्याएकामाचालक भरतको बिहान ३ बजे सोही मेडिकल कलेजमा र छोरा समीरको बिहान ४ बजे पुरानो मेडिकल कलेजमाउपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकलचालक भरतले अत्यधिकमादकपदार्थ सेवन गरी तीव्र गतिमाहाँकेकाकारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।