Logo

असारसम्म जिल्ला जनस्वास्थ्य कार्यालय अहिलेकै संरचनामा रहने



काठमाडौं, २३ बैशाख । जिल्ला जन-स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल असार मसान्तसम्म अहिलेकै संरचनामा रहने भएका छन् । खारेज गर्दा समन्वयको कठिनाईले जनस्वास्थ्य कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र सरकारी अस्पताल आउँदो असार मसान्तसम्म राख्ने तयारी छ । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. गुणराज लोहनीले स्वास्थ्य कार्यालयहरु असार मसान्तमा राख्ने तयारी भएको बताउनुभयो ।

उहाँले जिल्ला जनस्वास्थ्य कार्यालयलाई खारेज गर्दा उसले प्रदान गर्दै आएको सेवामा प्रभाव पर्ने भएकाले आधिकारीक निर्णय नभएपनि आगामी असार मसान्तसम्मको समय थप हुने सम्भावना देखीएको बताउनुभयो। यसअघि चैत २८ गतेदेखि सबै जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गर्ने सरकारको तयारी थियो ।



प्रतिक्रिया दिनुहोस्