काठमाडौं, २४ बैशाख । रेखा फिल्मसको पाँचौ प्रस्तुतीका रुपमा अघि सारिएको चलचित्र ‘मालिका’को छायाँकन आजदेखि शूरु भएको छ । सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्दै लाकप्रिय नायिका रेखा थापाले बालुवाटारबाट चलचित्रको छायाँकन सुरु गरेकी हुन् । लामो मयमको अनुभवसँग जुधेकी नायिका थापाले हिम्मतवाली पनि चलचित्र ‘मालिका’को निर्देशन गर्दैछिन् ।
छायाँकनको करिब १० दिनको काठमाण्डौं छाडेर चलचित्र मालिका कोहलपु र जाजरकोटमा छायाँकन हुनेछ ।’ मालिका’मा रेखा र नरबहादुरसँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ ।
रेखाको आफ्नै कथा र कन्सेप्ट रहेको चलचित्र व्यक्तिको सोच परिवर्तनको विषयमा आधारित रहेको बुझिएको छ । मालिका’लाई लक्ष्मी पूजा कात्तिक २१ देखि प्रदर्शनमा ल्याउने नायिका थापाको लक्ष्य रहेकोछ । फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत रहेन छ ।