काठमाडौं, २५ बैशाख । रुपन्देही जिल्लाको बुटवल नगरपालिका निवासी गायिका प्रिया भण्डारी कलाकारीता क्षेत्रमा चिरपरित नाम हो । गायिका भण्डारी कलाकारीता क्षेत्रमा स्कुले जीवनदेखि लागेको बताउछिन् । कक्षा ९ मा पढ्दाको बेला रुपन्देही जिल्ला स्तरिय ‘दीप सिङ्गिङ स्टार २०६९’ को प्रथम विजेता भएपछि प्रियाले यस क्षेत्रलाई रोजकी हुन ।
गायिका भण्डारीले पहिलो पटक ‘अन्लाईन’ बोलको तिज गीतमा आधिकारीक रुपमा स्वर दिएकी थिईन । त्यसपछि उनले चर्चित सर्जक एकनारायण भण्डारीका लय शब्दमा थुप्रै गीतहरु गाउँदै आएकी छिन् ।
‘झुपडि पनि दरवार हुन्छ’ ‘कान्छि ओई कान्छि’ ‘सै पनि एमाले, मै पनि एमाले’ ‘भाउजुको हाईहाई छ’, ‘सोह्र वर्षे हो’ जस्ता कर्णप्रिय गीतहरुमा आवाज दिईसकेकी छन ।
शूरुमा उनले तीजका गीतहरुमा आवाज दिएपनि पछिल्लो समयमा आधुनि र लोक दोहोरी गीतमा आफूलाई अब्बल सावित गरिसकेकी छन् । बेला मौका पारेर राजधानि आउछिन र गीत रेकर्ड गरेर बुटवल फर्किन्छन् । यतिबेला तीजका गीतहरुमा स्वर दिन काठमाडौं आएकी छन् । घर परिवारको साम्रो साथ पाईकी गायिका भण्डारी तत्काल राजधानीमै बस्नेगरि नआउने बताउछिन् ।
केही सयम अघि यवदेव न्यौपानेसँगको सहकार्यमा ‘गफै मात्रै लाउछ्यौं’ बोलको पञ्चेबाजामा स्वर दिएकी थिईन । कलाकारिताको क्षेत्रमा गायिका भण्डारीलाई आजको दिनसम्म ल्याउनको लागि धेरैको हात होला तर पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, चर्चित सर्जक एकनारायण भण्डारी, वैकुण्ठ महतको विषेश भूमिका रहेको बताउछन् । एकनारायण भण्डारीका लयशब्द र गायनमा गायक पंगेनीको साथ रोजेकी गायिका भण्डारीले पछिल्लो समय फरक कलाकारसँग पनि सहकार्य थालेकी छन् ।