बाँके, २६ बैशाख । पछिल्लो समय अलि सुस्त आरोप प्रत्यारोपबीच आलोचनात्मक राजनितिक टिप्पणीकाबीच गुज्रिरहेको छ नेपाली काँग्रेसको केन्द्रीय राजनिति । केन्द्रीय नेताहरु एकआपसमा प्रेदश तथा प्रतिनिधि सभामा भएको पराजयको जिम्मेवारी एक अर्कालाई थमाउदै आफू उक्निे दाउमा देखिन्छन् ।
तर, उक्त माउ पार्टीको भातृ संगठन नेपाल तरुण दल भने यति बेला देशैभरि आफ्नो अधिवेशनहरु गराउन भ्याई नभ्याई छ । सोहि कार्यक्रम अनुसार यहि वैशाख २६ गते हुन गईरहेको नेपाल तरुण दल बाँके जिल्ला अन्तगर्त कोहलपुर नगरपालिकामा हुन गइरहेको आसन्न तरुण दलको नगर सम्मेलनमा भने विगत दशक देखि नेपाली काँग्रसको राजनितिमा सक्रिय पछिल्लो समय यूवाहरुको ढुकढुकी तथा खम्बा बन्न सफल यूवा तथा जुझारु नेता हरि कठायतको यूवाहरुबाटै तरुण दलको नगर सभापतिमा नाम आइरहेको छ ।
तल्लो तहका तरुण यूवादेखि लिएर जिल्ला स्तरका कङ्ग्रेसी नेताहरुले हरि कठायतको नाम अघि सारे पछि अहिले नेपाल तरुण दल कोहलपुरमा उथलपुथल मच्चिएको छ ।
नेपाली काँगे्रस सत्ता हुदाँ होस या प्रतिपक्षमा हुदाँ हरि कठायत विभिन्न तह र तक्बामा रहदै नेपाली काँग्रेसको राजनितिमा अहोरात्र खटिदै आइरहेका छन् ।
चाहे ऐमालेको यूवा संघ संग भिड्दै होस् या फिर माओवादीको वाई।सि।एल सँग आमनेसामने हदाँ नेताहरुले हरि कठायतलाई नै गुहादै आएका छन् र हरि कठायतले पार्टी र संगठनलाई बचाउन दिनरात लाग्ने गरेका छन् ।
आसन्न तरुण दल कोहलपुरको नगर सम्मेलनमा हरि कठायतको चर्चा र उनको आवश्यकता हुनु पर्छ भनेर तल्लो स्तरबाटै दबाब बढेको र शायद उनको विकल्प नै नभएको भनेर जिल्ला तहका सक्रिय नेताहरु अहिले हरि कठायतलाई नगर सभापति बनाउन लागि परेका छन् ।
एकातिर राजनितिमा भजाइ खाने प्रवृति भएका एक खेमाले भने हरि कठायतलाई नगर सभापतिबाट रोक्न दलबल सहित लागिरहेका छन् भनि नगर सम्मेलन आयोजक समितिका सदस्यले हामीलाई जनकारी गराउनु भयो ।