Logo

मोदीको प्रतिक्षामा जनकपुर, नागरिक अभिनन्द स्थलमा देखिदै



जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरधाम तयार भएको छ । नागरिकहरु अभिनन्दनका लागि बाह्रविगाह मैदानमा देखिन थालेका छन् । जनपुर मन्दिरको पूजा आज बिषेश पूजा हुनेछ । प्रदेश नम्बर–२, को प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले मोदीलाई जनकपुरमा भव्य स्वागत एवं अभिनन्दन गर्न झण्डै दुई हप्तादेखिको तयारी लगभग पुरा भएको बताएका छन् ।

मोदीले जानकी मन्दिरमा पूजाआजा गर्नुहुनेछ भने एतिहासिक बाह्रविघा रंगभूमि मैदानमा अभिनन्दन र सम्बोधनको कार्यक्रम छ । जानकी मन्दिर प्राङ्गणमा केशरिया रंगको कपडा तथा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीका तस्वीर सहितको होर्डिङ बोर्ड राखेर सजाईएको छ ।

ठाउँठाउँमा नेपाल भारतको झण्डा लगाएर सजाईएको छ । जानकी मन्दिरमा बिहीबार दिउँसो १२ बजेदेखि सर्वसाधारणलाई प्रवेश निषेध गरको छ । जानकी मन्दिर , जनकपुर विमानस्थल र बाह्रविघा रंगभूमि मैदान सुरक्षाकर्मीको घेरामा छ । प्रदेश नम्बर २ मा आज सार्वजनिक विदा समेत दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्