Logo

मोदी आउँदै, प्रधानमन्त्री ओली जनकपुर पुगे



जनकपुर, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले केही बेरमै जनकपुर आउनेछन् ।

जनकपुर विमानस्थलमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्रीहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ । यतिवेला विमानस्थलमा सबै मन्त्री, सुरक्षा निकायका प्रमुख र सरकारी उच्च अधिकारीहरु पुगिसकेका छन् ।

मोदी र ओलीले जानकी मन्दिरुमा संयुक्त पूजा गर्नेछन् । त्यसपछि मोदीलाई नागरिक अभिनन्दन गरिनेछ । अहिले अभिनन्दन गरिने समारोहमा सहभागी हुनेहरुको घुइँचो अत्यधिक भएपछि प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको छ ।

रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएको छ । ठेलमठेल भएपछि कतिपय व्यक्ति बार नाघेर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले सामान्य लाठीचार्ज गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्