Logo

मोदीले खुलेरै भने : नेपालको स्वाभिमान सगरमाथा भन्दा अग्लो



जनकपुरधाम, २८ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र यस पटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीको रुपमा भएको बताएका छन् ।

जनकपुरको रंगभुमी मैदान ( बाह्रविघामा)  आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाली भाषामा भने–‘मेरो यस पटकको नेपाल भ्रमण प्रधानमन्त्री भन्दा पनि प्रधान तीर्थ यात्रीको रुपमा हो ।’

सम्बोधनकै क्रममा नेपाल र भारतको सम्बन्धको महत्वलाई बताउँदै उनले नेपाल विना भारतको आस्था अधुरो भएको बताए । उनले भने–‘भारत र नेपालको सुख पनि समान, चुनौती पनि समान, इच्छा र सपना पनि समान । नेपाल विना भारतको आस्था, इतिहास अधुरो छ ।’

सम्बोधनकै क्रममा उनले नारीहरुलाई कसरी सम्मान गर्न सकिन्छ भन्ने सिकाउने नेपालको धर्ति भएकोले मिथिला कलामा महिलाको योगदान विशेष रहेको प्रशंसा पनि गरे । नेपालको खुलेर प्रसंशा गरेका मोदीले नेपालको स्वाभिमान सगरमाथा भन्दा अग्लो भएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्