काठमाडौं, २८ बैशाख । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो अफिसियल मिटिङ नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसँग गरेका छन् ।
जनकपुरमा चार घण्टा विताएर सिधै काठमाडौंका आएपछि मोदीले काठमाडौंको बत्तिसपुलतीमा रहेको होटेल द्धारिकाजमा मन्त्री ज्ञवालीसँग अफिसियल मिटिङ गरेका हुन् । भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्धका बारेमा दुई जनाबीच कुराकानी भएको जनाईएको छ ।