काठमाडौं, २९ बैशाख । नेपाल महिला संघ नुवाकोटको अध्यक्षमा कल्पना नेपाली सर्वसम्मत रुपमा चयन भएकी छन् । शुक्रबार नेपाल महिला संघ नुवाकोटको नयाँकार्य समिति चयन गरिएको कल्पना नेपालीले जानकारी दिएकी छन् ।
नुवाकोटका हरेक स्थानीय तह र वडाहरुमा समेत पुगेर महिलाका हक अधिकारको बारेमा जानकारी लिने र आगामी दिनहरुमा काँग्रेस पार्टीका एजेण्डाहरु गाउँमा लैजाने अध्यक्ष नेपालीले बताएकी छन् ।
उनले भनिन्,‘हामीले लामो समयदेखि अस्तव्यस्त रहेको काँग्रेस भातृसंस्थाहरुलाई जीवन्त दिने प्रयास गरिरहेका छौं, आगामी दिनहरुमा हरेक वडामा गएर समिति गठन गर्ने योजना सहित महिलाका हक अधिकारको निम्ति काम गर्ने कार्यक्रम तय गरेका छौं ।’
२२ जना मध्य १८ जना चयन गरिएता पनि बाँकि सदस्यहरु मनोनय गरेर संस्थाले पूर्णता पाउने अधयक्ष नेपालीले बताईन । उनले भनिन् ,‘ हामीले जिल्ल्लाका १२ स्थानीय तह मध्यक्ष ८ वटा स्थानीयत तहका संयोजक पनि तोकेका छौं, बाँकि वडाहरुको संयोजक तत्काल तोक्ने छौं ।’
नेपाल महिला संघ नुवाकोटको नयाँ कार्यसमितिमा अध्यक्ष नेपाली सहित सरिता आचार्य, सुनमाया तमाङ, निलम उप्रेती, सीता तमाङ, शोभा परियार, गीता अमात्य, गंगा सिटौला, अमृता नेपाल, गंगा सिटौला, सरस्वती आचार्य, नारायणी भट्टराई, लक्ष्मी गिरी, रुपा अर्याल, भवानी देवकोटा, गायत्री सापकोटा, सफलता बोगटी, अप्सरा घिमिरे, रुक्मणी सेढाई चयन भएकी छन् ।
त्यस्तै बिदुर नगरपालिकाको संयोजकमा अन्जली पाण्डे चयन भएकी छन् । सुर्यगढी गाउँपालिकाको संयोजकमा ईस्वरी गिरि, लिखुमा धनकुमारी थापा, म्यगाङमा बिमला लम्साल, किस्पागमा अशोकमाया तामाङ, शिबपुरीमा मेनुका पाण्डे, ककनीमा सरु न्यौपाने, दुप्चेश्वरमा सरिता पण्डितले संयोजकको जिम्मेवारी पाएकी छन् ।