Logo

स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं, २९ बैशाख । यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्ट, बिपि स्मृति सामुदायिक सहकारी सस्था बिदुर नगरपालिका वडा न २ र नुवाकोट स्वास्थ चौकीको संयुक्त आयोजनामा बिदुर वडा न २ स्थित भैरबी माबिको खेल मैदानमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बैशाख २९ मा चलेको स्वास्थ्य शिविरबाट लिखु गाउँ पालिकाका साथै बिनपा मा गरी ३ सय भन्दा बढी सर्वसाधारणले निःशुल्क सेवा लिएका थिए । शिविरमा भिडियो एक्स रे, प्याप स्मियर , सुगर र पिसाब जाँच निःशुल्क गरेको छाति रोग बिशेषज्ञ डा केदार नरसिंह केशीले बताए ।

शिविरमा सामान्य चेकजाँच गरि औषधि वितरण गरिएको थियो । सो शिविरमा गम्भीर प्रकारका समस्या देखिएका केही बिरामीलाई तुरुन्त उपचार गर्नुपर्ने भएकाले बिपि स्मृति सामुदायिकमा केहीलाई निःशुल्क र सहुलियतमा उपचार गराउने व्यवस्था गरेको छ ।

यस्ता खालका क्रियाकलापले सामाजिक दायित्व पूरा गर्नुको साथै उपचार गर्न नसक्ने बिरामीले समेत सेवा पाउने डा.केशिले बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर गर्ने बताए ।

उक्त शिबिरमा स्त्रीरोग विशेषज्ञ डा धन बहादुर राना, डा अन्जन सिंह कार्की सल्यचिकित्सक दामोदर पुदसैनी मिडिकल अधिकृत स्त्रीरोग विशेषज्ञ सरिता राना, एनेस्थेसियोलोजिष्ट अमीत राना, फिजिसियन सुमन कर्माचार्य,मिडिकल अधिकृत रमेश लामिछाने लगायतले स्वास्थ चेकजाँच गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्