Logo

प्रदेश सभामुखको स्वास्थ्य स्थिति बुझ्न प्रचण्ड मेडिसिटी अस्पतालमा



काठमाडौं, ३१ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुग्नु भएको छ ।

शुक्रवार अपरान्ह लडेर गम्भीर घाइते भएका सभामुख अधिकारीको स्वास्थ्य स्थिति बुझ्न अध्यक्ष प्रचण्ड आज साँझ भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुग्नुभएको हो ।

उपचारमा सम्लग्न चिकित्सकहरुसँग अध्यक्षले सभामुख अधिकारीको स्वास्थ्यमा भइरहेको प्रगतिबारे जानकारी लिनुभएको थियो । अध्यक्ष प्रचण्डले अधिकारीका परिवारजनसँग पनि भेट गरी घटनाको बारेमा जिज्ञासा राख्नुभएको थियो ।

वरिष्ठ न्यूरो सर्जन डा. गोपालरमण शर्मा नेतृत्वको चिकित्सक टोलीले सभामुख अधिकारीको उपचारमा भइरहेको सुधारका बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराउनु भएको थियो । अकस्मात मस्तिष्क घात भएका अधिकारीलाई पोखराका फेवासिटी, मेट्रोसिटी र मनिपाल अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट शनिवार बिहान काठमाडौं ल्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस्