Logo

मकालु एयरलाइन्सको जहाज सम्पर्क विहीन



काठमाडौं २ जेठ । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरलाइन्सको जहाज हराएको छ । बिहान बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । तर साढे ८ बजेसम्म पनि सम्पर्कमा नआएको मकालु एयरको काठमाडौं कार्यालयले जानकारी दिएको छ ।

थप अवस्था बुझ्न हेलिकोप्टर पठाइसकेको छ । प्रदेशनम्बर ६ का सबै जिल्लामा प्रहरी समेत खटाइएको छ । ९एन एजेयु कल साइन भएको जहाजमा चालकदलका २ सदस्य मात्रै थिए । क्याप्टेन किरण भट्टराई एयरलाईन्स क्याप्टेन फिजु नेपाली रहेको मकालु एयरले जानकारी दिएको छ । मकालुसँग २ वटा सिंगल इन्जिन भएको जहाज थियो ।



प्रतिक्रिया दिनुहोस्