Logo

ओली गले कि प्रचण्ड ? यसरी हुने भयो एकता



काठमाडौं, २२ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया सकारात्मकतातर्फ उन्मुख रहेको छ । दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकता गाउँ कमिटिदेखि केन्द्रसम्म ५०/५० को अनुपातमा नै एकता गर्नेगरि सहमति बनेको स्रोतको दाबी छ।

माओवादी केन्द्रले एकता सम्मानजनक रुपमा हुनुपर्ने बताउँदै यसअघिदेखि नै ५०/५० को कुरा गर्दै आएको थियो । तर, एमालेले ५०-५० मा एकता हुन नसक्ने अडान लिएपछि एकता घोषणा गर्ने भनिएका थुप्रै मितिहरु टर्दै आएका थिए ।

खासगरी एमाले अध्यक्ष ओलीसँगको प्रचण्डको एक्लाएक्लै भेटवार्तामा पार्टी एकताको मोडालिटीबारे बहसहरु भएका थिए । प्रचण्डको प्रस्ताव अनुसार नै महाधिवेशनसम्म जान ओली तयार भएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्