काठमाडौं, ८ जेठ । संगीत उतपादक समाले संगीतका सिण्डीकेटरहरुको दादागिरीको अन्त्यका लागि बौद्धिक युद्ध घोषणा गरेको छ । राजधानिमा कमलादीमा सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि समाजले यस्तो घोषणा गरेको हो ।
केही महिना अघि मात्रै समाजको नयाँ कार्यसमितिलाई निर्वाचनमा धादली गरेको आरोप लागेको थियो । यसै सन्दर्भमा रोयल्टि संघका अध्यक्ष एवम् लोकप्रिय संगीतकार सुरेश अधिकारीले संगीत क्षेत्रका सिण्डिकेट धारीहरुले निर्वाचनमा हारेको झोकमा अनेकन प्रचार गरिरहेको बताएका छन् ।
उनले भने,‘हामी मैदानमा आएका छौं, अब संगीतमा लगानी गर्नेहरुले मुल्य पाउनु पर्छ, पहिलेका कार्यसमितिहरु सिण्डिकेट धारीहरु थिए, सच्चा सर्जक र सबैले आफ्नो सिर्जनाको मूल्य पाउनुपर्छ भन्ने टिमले जितेको कारण अनेकन कुराहरु सुन्नमा आएका छन् आज हामीले अन्तरक्रिया कार्यक्रम गर्दा आउनु पर्छ कि पर्दैन ?
कुनामा बसेर अरुको बारेमा नानाथरी कुरा गरिहरका छन्, खुब चोखो बनेका छन् अर्र्काको बौद्धिक सम्पतिमा जुवा खेलीरहेका छन् यस क्षेत्रमा दादागिरी गरेर राज जमाएका गलत प्रवृतिका मानिसहरुका दिन गए, लुट्न पाईदैन, धेरै लुट्यौं, अब हामी तिमीहरुलाई ठिक पार्छौं।’
त्यस्तै प्रतिष्पर्धीहरुले संगीत उत्पादक समाजको बारेमा अनेकन कुराहरु काटिरहेको भन्दै त्यसका बारेमा स्पष्ट पार्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष निर्मल ढकालले जानकारी दिए । संगीतकार महेश खड्काले कोही कलाकार भोकै मर्ने र कोही कार चढ्ने अवस्थाको अन्त्य गर्न आफ्नो जीवन बलिदान गर्न तयार रहेको बताए ।
उनले भने,‘मैले संगीत निमार्ण गरेका एउटा गीतले ७० लाख कमाएको छ, तर त्यो पैसा न मैले पाएको छु, न सर्जक न कुनै गायकले पाएको छ, संगीत क्षेत्रमा बिचौलियाहरुको ठूलो मनोमानि छ, एकजना भाईका १६ वटा गीत बजारमा छन् उनीसंग १६ करोड सम्पति छ, त्यो कसरी आयो ?’
उनले अघि थपे, ‘मैले के १६ वटा जति गीतहरुको संगीत गरेको छैन ? मैले नेपाल यातायत चढ्नुपर्ने अवस्था छ, कुनै कलाकार मर्दा पैसा उठाएर कात्रो किन्नु पर्ने अवस्था छ, कसैले खान नपाउने कोही मर्नेगरि, बौलाउने गरि अर्कोको बौद्धिक सम्पतिमा रमाउने ? यस्तो अवस्था अन्त्यको लागि कानूनि बाटोबाट सिण्डिकेट धारिलाई तह लगाउनै पर्छ,सरकार पनि हरेक सिण्डिकेटको अन्त्य गर्न लागिरहेको छ, हाम्रो उो क्षेत्रको सिण्डिकेट पनि केही समयभित्र अन्त्य गरेरै छोड्छौं ।’
कार्यक्रममा संगीतकार संघका अध्यक्ष लक्ष्मण श्रेष्ठले प्रत्येक कलाकारहरुले आफ्नो सम्पति सिधै एनटिसि र एनसेलमा दर्ता गराउने र अधिकार सुरक्षित गर्ने बाटो खोल्नुपर्ने धारणा राखेका छन् ।
उनले भने, ‘कानूनी माध्ययम मार्फत हामीले कसरी हुन्छ यो दादागिरीको अन्त्य गरौं, केही व्यक्तिहरु महल बनाउने, कार चढ्ने कोही कलाकार बिरामी हुँदा उपचारगर्न नसक्ने स्थिति छ, खेत बेचेर गीतमा लगानीगर्ने कलाकारहरु भोकले मरिरहेका छन्, उता बिचौलियाहरुको टाठको जिन्दगीको बारेमा बयान गरि साध्य छैन् ।’
समाजका अध्यक्ष निर्मल ढकालको अध्यक्षता सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष सुर्य मगरले संगीत बजारको स्थिति र सिण्डिकेटधारी केही म्युजिक कम्पनिका मालिकहरुको दादागिरीको बारेमा तयार पारिएका कार्यपत्र प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष मगरले नेपाल टेलिकम, एनसेल पछि म्युजिक नेपाल, हाईलाटस लगायतका संस्थाहरुले सर्जक, स्रष्टाहरुको बौद्धिक सम्पतिको चरम शोषण गरेको समेत दावि गरेका छन् । समाजका सचिव सुनिल लामिछानेले कलाकारहरुलाई यो आन्दोलनमा साथ दिनको लागि आग्रह गरेका छन् ।