Logo

३३ किलो सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ



काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी काण्डका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । गोरे केही समययता भारतमा लुकेर बसेका थिए । उनको खोजिमा प्रहरीले निगरानी बढाएको थियो ।

उनलाई सोमबार भारतमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको बुझिएको छ । प्रहरीले यो घटनालाई निकै प्राथमिकताका साथ लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्