झापा, १० जेठ । हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा पर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा एमालेका १० जना र तत्कालीन नेकपा माओवादी केन्द्रका दुईजना पर्नुभएको हो ।
तत्कालीन एमालेबाट नेकपाको केन्द्रीय सदस्यमा हिक्मत कार्की, रवीन कोइराला, भास्कर काफ्ले, हरि राजवंशी, नरेश खरेल, युवराज कार्की, देवेन्द्र दाहाल, डा युवराज खतिवडा र देवराज घिमिरे रहनुभएको छ ।
त्यसैगरी, तत्कालीन नेकपा माओवादी केन्द्रबाट सुरेन्द्र कार्की पार्थ र धर्मशीला चापागाई पर्नुभएको छ ।