Logo

जिरीलाई सफा राख्न अभियानको शुरुवात



काठमाडौं । नेपालको पर्यटकिय नगरी तथा नेपालको स्विटजरल्याण्ड भनेर चिनिने जिरीमा सरसफाई अभियानको शुरुवात गरिएको छ ।

जिरी नगरपालिकाको अगुवाई तथा जिरी नगरपालिका वडा नं ६ मानेडाँडा टोल विकास समितिको आयोजनामा क्लिन जिरी, ग्रीन जिरी र अर्गानिक जिरीको अवधारणालाई मुर्तरुप दिनकालागि सरसफाई अभियानको शुरुवात गरिएको हो ।

जिरी नगरक्षेत्र भित्र यस अभियानलाई व्यवस्थित रुपमा अगाडी वढाउनका लागि हालै सम्पुर्ण वडाहरुमा टोल विकास समिति गठन गरिसकिएको छ ।

सो अवसरमा दोलखा जिल्लाबाट संघिय संसदको प्रतिनिधि सभामा माननिय सांसद पार्वत गुरुङ, प्रदेश सभाका माननिय सांसदहरु पशुपति चौलागाई, विशाल खड्का तथा हिमाल गोलेको साथै दोलखा जिल्ला समन्वय समितिका उप प्रमुख मनमाया जिरेलको सहभागिता रहेको थियो ।

जिरी नगर क्षेत्रका सुरक्षा निकायका प्रमुख सहित राष्ट्र सेवकहरु, जिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहित स्वास्थकर्मीहरु, नगर प्रमुख उपप्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सहित नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नगर प्रमुख टंक वहादुर जिरेलले यस अभियानको बारेमा प्रकाश पारेका थिए ।

जिरी नगरपालिका वडा नं ६ मानेडाँडा टोल विकास समितिका प्रत्येक घरबाट कम्तिमा १ जनाको दरले सरसफाई कार्यक्रममा सहभागिता रहेको कुरा सो टोल विकास समितिका अध्यक्ष भुमिराज खड्काले बताए ।



प्रतिक्रिया दिनुहोस्