धनराज वास्तविक : काठमाडौ । ‘मालिका’ यो शब्दको गरिमा र मर्म नबुझ्ने मानिस थोरै होलान । अर्को मनले यो पनि भन्न सकिन्छ मालिका कुनै पहिडाको चुचुरोको नाम हो । हिउले छपक्क घुम्टो ओडेको टाकुरा हो ।
वास्तवमा पौराणीक कथनलाई आधार मान्ने हो भने ‘मालिका’ शक्तिशाली देवीको सुन्दर अनि पवित्र नाम हो । मालिका देवी एक मष्टा देवता अन्तर्गत पर्ने स्त्री तत्व देवीको नाम हो ।
नेपालको साविकको मध्य तथा सुदूर पश्चिम अथवा हालको कर्णाली प्रदेश क्षेत्रमा यो देवताको परापूर्व काल देखी पूजा गरिन्छ । मष्टा र मष्टो अन्तर्गतका देबी देवता मालिका पुजीय पछि लगत्तै पुजिन्छन ।
मालिकको स्थानमा विभिन्न नामको मस्टो देवताहरु जान्छन । मष्टा र मष्टो पुज्नेहरु मालिकासंग नजिक हुन्छन् । कालिकोट र बाजुराको सिमानामा पर्ने मालिका नामको मन्दीर छ । जुन मन्दीरमा पुजाको लागि स्व।राजा वीरेन्द्र शाह पनि पुगेका थिए । देशै भरमा मालिका देविका मन्दिरहरु छन् । नारी पुज्य हुन, नारीको पुजा र सम्मान गर्नु संसारको धर्म हो ।
लोकप्रिय नायिका रेखा थापा यहि शब्दको नाममा विशाल चलचित्र निमार्णको कार्यमा जुटिरहेकी छन् । बालविबाह अन्त्यको महाअभियानकी अभियान्ता समेत रहेकी नायिका थापा आजभोली जाजरकोटमा उक्त चलचित्रको छायांकनमा व्यस्त छन् । जिल्लाकी स्थानीय कमला वलीलाई साथमा लिएर निमार्ण गर्न लागिएको चलचित्र ‘मालिका’ सामाजिक चलचित्र बन्ने देखिन्छ ।
अर्को तर्फ एउटा नारीले अर्को देवीको नाममा निमार्ण गर्न लागिएको चलचित्रका बारेमा अनेकन आकलन गर्न थालिएका छन् । कति दिन चल्ला ? कति कमाउला ? दर्शकको भिड कति होला ? यस्ता तमाम आकलनका बारेमा नायिका थापा जवाफ दिईरहेकी छन् । चलचित्र चलचित्र बन्नुपर्छ । चलचित्र टेलिसिरियल हुनुहुँदैन । चलचित्रको आफ्नै कथा हुन्छ । आफ्नै मर्म र धर्म हुन्छ ।
अन्यायमा परेको समाज र वर्गलाई न्याय दिनु नै जीवनको सार्थकता हुन्छ भनेर समाजको बीचमा उभिएकी नायिका थापा आफुले निमार्ण गर्ने चलचित्रले कति कमाउछ भन्दा पनि समाजलाई के सन्देश दिन्छ रु संख्यात्मक भन्दा पनि गुणात्मक कोणबाट कथाको मर्म बुझेर चलचित्र दृश्यावलन गर्नु पर्नेमा जोड दिन्छन् ।
नेपाली चलचित्र हास्य–व्यङ्ग्य बन्दै
पछिल्लो समयमा चलचित्रको नाममा हास्य–व्यङग्य टेलि सियल निमार्ण गर्ने क्रम जारीछ । चलचित्रमा हुनुपर्ने भावना नभेटी चलचित्र नामका चलचित्रले बजारमा व्यवसाय राम्रै गरेको पाईन्छ भने खास चलचित्रको मर्ममा बनेका चलचित्रहरु सहिद बनेका छन् भन्दा अन्यथा हुँदैन । अभियनको आकृतिमा जोकर र चलिचित्रमा हास्य–व्यङ्ग्य पवृति समावेश हुनु नेपाली चलचित्रको लागि सुखद पक्ष मान्न सकिदैन ।
नेपाली चलचित्र र हास्य व्यङ्ग्यबीचमा केही समानता र धेरै विविधता पाईन्छन् । अर्कोे कुरा चलचित्र चलाउनकै लागि सबै कलाकारहरु समाजमा देखिएका र हेरिएकालाई स्थान दिनुले ब्यापार त होला, पैसा त कमाईएला तर नयाँ कलाकारहरुको जन्म नहुन पनि सक्छ ।
सबै क्षेत्रमा सिण्डिकेटले राज जमाईरहेको बेला नेपाली चलचित्रमा देखिएको गलतराजलाई समाप्तीको बाटोमा लिनु आश्यक छ । नयाँ कलाकारहरुको उपस्थिति र पुराना कलाकारहरुको ईमान्दारीताको बीचमा नेपाली चलचित्रको भविष्य अडिएको हुन्छ भन्ने कुरा सबैले जान्नुपर्छ ।
चलचित्रलाई समाजको सफा ऐना बनाउने अभियानमा लागेको अभियान्ताहरुले बेलैमा सोच्नुपर्ने स्थिति आएको छ । नेपाली चलचित्रमा अर्को कम्जोर पक्ष भनेको बलिउड चलचित्रको मक्सतलाई साभार गर्नु हो । यसले नेपाली दर्शकहरु भड्कीने गरेको सत्य जगजाएर छ ।