Logo

ढुंगेलको रिहाई बिरुद्ध नेविसंघ आन्दोलनमा उत्रिने



काठमाडौं, १५ जेठ । नेपाल विद्यार्थी संघले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका बालकृष्ण ढुंगेलको रिहाई बिरुद्धमा जुलुस प्रदर्शन गर्ने भएको छ ।

आज दिउसो २ बजे राजधानीको पुतली सडक स्थित शंकर देव क्याम्पस अगाढि ढुंगेल बिरुद्ध नेविसंघले बिरोध र्याली निकाल्ने सभापति नैनसिंह महरले रिपोर्टर्सनेपाल डटकमलाई जानकारी दिएका छन् ।

पूर्वसांसद समेत रहेका ढुंगेल मंगलबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । ०५५ सालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ०६६ मा उनलाई सर्वोच्चले सवैस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। गत कात्तिकमा उनी पक्राउ परेका थिए ।

ढुङ्गेललाई रिहा गर्ने समाचार प्रकाशन भएपछि परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाई जारी छ । यससम्बन्धमा अन्तरिम आदेशको माग गर्दै परेको रिटमा हिजो सुनुवाईको क्रममा बहस नसकिएकोले न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता हुने गरी अदालतमा झिकाई आज पेश गर्न आदेश दिएको थियो ।

११ औँ गणतन्त्र दिवसको अवसरमा ढुङ्गेलसहित अन्य ८१६ कैदीले पनि कैद माफी पाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी गरेकी हुन्। कैद माफी पाएकाहरु रिहा भएका छन् ।

असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिए सरकारको सिफारिसमा आधारमा कैद माफी दिन सक्ने व्यवस्था संविधानमा रहेको छ । संविधानको धारा २७६ बमोजिम उनीहरुलाई माफी दिइएको हो ।

यो पनि पढ्नुहोस्

https://reportersnepal.com/2018/05/248552.html



प्रतिक्रिया दिनुहोस्