काठमाडौं १६ जेठ । बजेटको आकारमा जस्तोसुकै परिस्थितिमा पनि कम्तीमा २०% वृद्धि हुँदै आएको छ । तर, यसपालि जम्मा ३% आकार वृद्धि गरेका अर्थमन्त्रीले आफू नै उत्साही नभएको सन्देश दिएका छन् ।
बढ्यो
-एक हजार सिसीभन्दा बढी क्षमताको गाडीमा ६० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अब ६५ देखि शतप्रतिशतसम्म । यसरी गाडी कम्तीमा एक लाख महँगो हुने ।
-१५० सिसीभन्दा माथिका मोटरसाइकल कम्तीमा २५ हजार महँगो हुने ।
-प्रतिखिल्ली सुर्तीजन्य पदार्थमा २५ पैसा र प्रतिकेजी सुर्तीजन्य पदार्थमा २५ रुपैयाँ स्वास्थ्य जोखिम कर लागू हुने । मदिरा र सुर्तीजन्य पदार्थमा अन्तःशुल्क पनि वृद्धि ।
-इनर्जी डिं«क्समा प्रतिलिटर २५ रुपैयाँ अन्तःशुल्क वृद्धि
-चकलेटमा पाँच प्रतिशत कर वृद्धि
-दूरसञ्चारमा ११ प्रतिशत सेवाशुल्क लाग्दै आएकोमा अब १३ प्रतिशत ।
-क्यासिनो सञ्चालन गरेबापत वार्षिक तीन करोड रोयल्टी तिर्नुपर्नेमा अब चार करोड रुपैयाँ र आधुनिक मेसिन थप गर्दा ७५ लाख तिर्नुपर्नेमा अब १ करोड रोयल्टी
-रेफ्रिजेरेटरमा पाँच प्रतिशत अन्तःशुल्क
घट्यो
-स्वास्थ्य सेवा : ५ प्रतिशत स्वास्थ्य सेवा शुल्क हट्यो, भ्याट नलाग्ने ।
-शिक्षा सेवा : एक प्रतिशत शिक्षा सेवा शुल्क हट्यो । विदेश पढ्न जानेलाई भने दुई प्रतिशत लाग्ने ।
बजेटको उपहार कसलाई के ?
महिलाः महिलाबाट सञ्चालन हुने परियोजनामा आधारित १५ लाखसम्मको सामूहिक ऋणमा ६ प्रतिशत ब्याज अनुदान ।
युवाः शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण । विदेशबाट फर्केका युवाहरूलाई १० लाखसम्मको ऋण ।
उद्योगीः कबोल गरेको अवधिभित्र उत्पादन सुरु गर्ने उद्योगलाई करमा सहुलियत । औद्योगिक उत्पादनको निर्यातमा ५% सम्म निर्यात अनुदान ।
गर्भवती र सुत्केरीः दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको आपतकालीन उद्धार गर्न एयर एम्बुलेन्सको व्यवस्था ।
ज्येष्ठ नागरिकः प्रत्येक प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम । ७० वर्षभन्दा माथिका नागरिकको १ लाखसम्मको स्वास्थ्य बिमा ।
बालबालिकाः सबै बालबालिकालाई विद्यालय भर्ना गराउन ‘विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ’ अभियान । मानव विकास सूचकांकमा पछि परेका सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई स्थानीय उत्पादनमा आधारित पौष्टिक दिवा खाजा ।
कर्मचारीः महँगीभत्ता प्रतिमहिना २ हजार । पोसाक सुविधा १० हजार । जीवन बिमाको बिमांक वृद्धि गरी २ लाख पु-याइयो । बिमा प्रिमियमको ५० प्रतिशत सरकारले बेहोर्नेछ ।
दलितः सामूहिक जमानीमा प्रतिसमूह १० लाखसम्मको ऋण ।
किसानः साना किसानले तत्कालीन साझा सहकारी संस्थाहरूबाट लिएको सम्पूर्ण ऋण मिनाहा ।
सांसदः सांसदलाई सडक, खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी पाँचवटासम्म आयोजना सञ्चालनका लागि ४ करोडका दरले रकम उपलब्ध गराइने ।
कैदीः कारागारमा रहेका कैदीलाई प्रदान गरिँदै आएको दैनिक जीवन निर्वाह खर्च ४५ रुपैयाँबाट बढाएर ६० पु-याइएको छ । नयाँपत्रिकाबाट