Logo

सांसदलाई ४ करोडः सांसदहरुबीचमा विवाद



काठमाडौं १६ जेठ । दुरुपयोग भएको भन्दै चौतर्फी विरोध भइरहेको विवादास्पद निर्वाचन क्षेत्र विकास सँग सम्बन्धित कार्यक्रमलाई सरकारले थप एक करोड बजेट वृद्धि गर्दै निरन्तरता दिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले १ सय ६५ निर्वाचन क्षेत्रमा ४/४ करोडका दरले ६ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गर्दै सांसद कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

सबै सांसदलाई २०५२ सालदेखि साढे दुई लाखबाट सुरु भइ गत बर्ष ५० लाख पुर्याइएको कार्यक्रम खारेज भएको छ । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

मापदण्ड र योजनामा कडाइ गरे पनि यो कार्यक्रमले भविष्यमा दुरुपयोग, संघीय संरचनामा अर्को समानान्तर संयन्त्रलाई बढावा, निर्वाचित र अन्य सांसदहरुबीचमा विवाद सिर्जना गर्ने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्