Logo

संसदीय दलको बैठकमा देउवाले दोहोर्याए : बजेट कामै लाग्दैन



काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकारले ल्याएको बजेट कार्यान्वयन हुनै नसक्ने निश्कर्ष निकालेको छ । बुधबार संसदीय दलको कार्यालयमा बसेको बैठकले बजेटलाई निकम्मा भएको निश्कर्ष निकाल्दै यो कार्यान्वयन नहुने निर्णय गरेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–७६ को बजेटबारे पार्टीको आधिकारिक धारणा बनाउन कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो । सरकारले मंगलबार १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट संसदमा प्रस्तुत भएको थियो । बजेटबारे मिश्रित प्रतिक्रिया आएका छन् ।बजेटबारे कांग्रेसले शुरूमै असन्तुष्टि जनाइसकेको छ ।

सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने खालको भएको कुरा आजपनि दोहोर्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्