Logo

राँचुलि पहिलो मानवअधिकार मैत्रीगाँउ घोषणा



विश्वनाथ सिम्खाडाः कालिकोट, १७ जेठ । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा र्न ४ राचुलिलाई पहिलो पटक मानव अधिकार मैत्रीगाउँ घोषण गरिएको छ ।

वुधवार तामझामका साथ जिल्लाकै पहिलो गाउ घोषणा गरिएको हो । राँचुलिगाउँमा पुर्ण वालबिवाह, वहुबिवाह नभएको, जातिय विभेदको मुक्त, पुर्ण खोप युक्त, पुर्ण सरसफाई,सवै बालवालिका अनिवार्य विद्ययालयमा जाने गएको, मृत्यु दर्ता जन्मदर्ता, विद्ययालय शान्ति क्षेत्र घोषण भएको, स्थानयिवाल मैत्रिशासन लागु भएको, गर्भवतिले गर्भ जाँचनियमति गरेकोले र लैिङक हिंसा नभएको लगायतका २० वटा शुचकहरु पुरा गरेको हुनाले राँचुलिगाउलाई मानवअधिकार मैत्रिगाँउ घोषण गरिएको हो ।

लामो समय देखि किर्डाक नेपाल कालिकोटले यि शुभचिन्तकहरुको कार्यन्वयन गर्न नियमति अनुगन गरिरहेको थियो । जिल्लाबाट विभिन्न सैरकारि तथा गैर सरकारि संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सो गाँउलाई घोषण गरिएको हो ।

जेठ महिनाको कामको चटारो भइरहेको अवस्थामा गाउवासिको वाक्लो उपस्थितिभईहर्ष उल्लासमय ढङगले गाउलाईं मानव अधिकार मैत्रि घोषणा गरिएको छ । घोषण कार्यक्रममाविभिन्न प्रतिवद्धताहरु जाएर गदै गाउवासिले शुचकहरुको कार्यनवनमालागिथप्रर्ने बताएका थिए ।

कार्यक्रममा जिज्ल्ला संमनय समितिका उपप्रमुख लक्ष्मि बिस्ट, प्रहरि प्रमुख, प्रत्रकार । नागरिक समाज, संघ संस्थाका प्रमुख र आमगाउवासिको उपस्थितिमागाँउलाई मानवअधिकार मैत्रिगाँउ घोषण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्