काठमाडौं । सामाजिक कथाबस्तुमा आधारित चलचित्र ‘डोलि’को छायांकन सकीएको छ । किरण नेपालीको लगानी रहको उक्त चलचित्रको छायांकन नुवाकोटका केही सुन्दर बस्तीबाट शुरु भई रारा, जुम्ला तथा काठमाण्डौमा हुने निर्माण पक्षले बताएको थियो । भने नुवकोट र काठमाण्डौको छायांकन सकिईसकेको छ ।
अब यो फिल्मको एक प्रमोशनल गितको छायांकन मात्र बाकी रहेको निर्माण पक्षले जानकारी गराएको छ । २९ दिनको छायांकन सेड्युल सकेर काठमाण्डौ फर्किएको यो चलचित्रका निर्माता डोलीलाई अझ राम्रो बनाउनका लागी के गर्न सकिन्छ भन्ने होमवर्कमै लागेका छन् ।
जय राम थापाको सिनेमाटोग्राफ रहने उक्त चलचित्रमा पृथ्वीराज प्रसाई, किशोर खतिवडा,अर्जुन गुरुड। भंगेरी डन , हिमवाला गौतम , नविनराज रेग्मी, शानिया खान,संगिता नापित , शतिस खत्री प्रशान्त भन्डारी प्रिया रिजाल तथा दामोदर खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।
बिरंगना, बृन्दाबन, पाठशाला, लाटी लगायतका चलचित्र निर्देशन गरिसकेका निर्देशक राज बहादुरको आफ्नै लेखन हो ‘डोली’ । चलचित्रमा सि.डि बिजय अधिकारी,राजकुमार बगर, पुरूषोतम न्यौपाने र बाबुल गिरीको संगित रहेको छ भने मेलिना राई, अनुष्का पाठक,सि डि बिजय,मनिसा राई र युवराज चापगाईको स्वर रहेको छ ।
गितहरुको एरेन्ज महाराजा थापा र राजकुमार बगरले गरेका हुन् । गितमा दिनेश सुबेदी ,रघु परियार, बेबी गुरुड। र हरि उप्रेतीको शब्द रहेको छ । राम जि लामिछानेको कोरियोग्राफ रहने डोलीको २९ दिनमा छायांकन सकिएको निर्माता किरण नेपालीले बताएका छन् ।
राज बहादुरको निर्देशनमा तयार बिराङ्गना पनि असार २९ बाट प्रदर्शनमा आउदैछ । बिराङ्गनाको यतिबेला प्रचारप्रसारलाई तिब्र पारिएको छ ।