काठमाडौं, २५ जेठ । ‘बिचारा र कठैबरा’को उपमाले चिनिदै आएको कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा चलचित्र ‘मालिका’को बिशाल छायांकन सकिएको छ । चलचित्र ‘मालिका’ को २९ दिनमा छायाँकन सकिएको हो ।
आगामी लक्ष्मि पूजाको दिनदेखि प्रदर्शनमा आउने चलचित्र ‘मालिका’मा नायिका रेखाले जाजरकोटकै १४ वर्षीया कमला वलीलाई डब्यु गराएकी छन् ।
नायिका थापालाई जाजरकोटमा हेर्न आउने र सामिप्यमा पुग्नेहरुले खुब मोहनी लगाएको थापाले बताएकी छन् । मालिका देविको मन्दिरसम्म घण्टौं हिडेर पुग्नुपर्ने अवस्था छ । जाजरकोटमा सभ्यता र संस्कृतिको विराट अस्तित्व रहेको रेखा बताउछन् ।
चन्दा उठाएर समाजसेवा गर्नु र चलचित्रको नाममा सिरियल प्रर्दशन गर्नु हुँदैन भन्ने नायिकाको रुपमा चिनिएकी बालबिबाह अन्त्यको महाअभियानलाई निरन्तरता दिने क्रममा आज सुर्खेत पुगेकी छन् ।
सुर्खेतमा हजारौं दर्शकहरुको बीचमा उनले बाल बिबाहको अन्त्य, दाईजो प्रथाको अन्त्य, छाउपडि प्रथाको अन्त्य, सामान्तवादी सोचको अन्त्य जस्ता अभियानहरु केवल रेखाको मात्रै हुन भनेर नबुझ्न आग्रह गरेकी छन् ।
नायिका थापाले छोरीलाई छोरी हुनको लागि दिईने तालिम बन्द गर्नुपर्ने बचनलाई सुर्खेतमा पनि दोहोर्याएकी छन् । २१ औं शताब्दीमा पनि छोरीलाई छोरी बन्न सिकाउने तालिम जारि रहेको भन्दै त्यस्ता विभेदपूर्ण तालिम बन्द गरेर समाज रुपान्त्रणमा आत्म जागरकासाथ लाग्न सबैलाई आग्रह गरेकी छन् ।