Logo

‘हिरोज डोन्ट कम’ जीवनको वास्तविक हिरो पत्ता लगाउने नाटक



काठमाडौं, ३१ जेठ । थापागाउँस्थित कुञ्ज थिएटरमा अघिल्लो सातादेखि लगातार मञ्चन भइरहेको बाल नाटक ‘हिरोज् डोन्ट कम’ मानव जीवनको वास्तविक हिरो पत्ता लगाउने नाटक हो ।

लालाबाला को ६ महिने अभिनय कक्षा पश्चात् तयार गरिएको नाटकमा विभिन्न उमेर समुहका स्कुले बिद्यार्थीहरुले अभिनय गरेका छन् ।

बालबालिकाको अभिनयकला निखारेर प्रोफेसनल कलाकार उत्पादन गर्ने लक्ष्यसहित सुरु गरिएको लालाबाला को पहिलो ब्याच मञ्चमा उत्रिएको हो भने दोस्रो ब्याच सुरु हुँदैछ ।

सुरुवाती चरणमै धेरै बालकलाकारहरूमा अभिनयको भविष्य दर्शक आफैँले देखिसकेका छन् र आधा दर्जन विभिन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवहरूमा समेत सहभागी गराउने तयारी अन्तिम चरणमा छ । प्रशिक्षक तथा लालाबालाका संयोजक टंक चौलागाईं बताउँछन् ।

प्रकेश सिन्धुलीयको लेखन तथा निर्देशन रहेको नाटकको कथा सामान्य तर रोचक र सन्देशपरक छ । प्रत्येक ब्यक्तिको आ(आफ्नै सोचाइ र बिचार हुन्छन् । त्यही आफ्नो ब्यक्तिगत बिचारलाई सबैले सहि हो भनेर अनुमान गर्छन् कतिपय ठाउँमा बिचार मिल्न जान्छ कहिलेकाही अनुमान फेल खान्छ ।

त्यसैगरी यश नाटकमा पनि शिक्षकले बिद्यार्थीलाई केही कुरा अध्ययन गरेर पत्ता लगाउने गृहकार्य दिएका छन् । जसमा बिद्यार्थीकोहरुको आफ्नै धारण छ र त्यो धारण पुर्ण रुपमा शिक्षकले चाहेको जस्तो नभएकोले , बिद्यार्थीहरु मेहनत गरेर सहि तथ्य फेला पार्न अन्तिममा सफल भएका छन् ।

बिद्यार्थी स्कुलकै विद्यार्थी हुन् र स्कुलमै भेटिने बानी व्यबहारलाई आफ्नो अभिनयको पात्र बनाएका छन् र सुहाउँदो ढंगले आ(आफ्नो अभिनय प्रस्तुत गरेका छन् । बिद्यार्थीको हैरानी र आदर दुबै एक बिद्यार्थी शिक्षकले रमाइलो तरिकाले खेपेका छन् ।

महत्त्वपूर्ण कुरा के छ भने बालबालिका कहिलेकाही आफ्नो काम गर्न आफै अपरिपक्व पनि हुन सक्छ त्यो बेलामा अभिभावकको सहायताले बालबच्चा आफ्नो गन्तव्यमा पुग्न सहजै सफल हुन्छ भन्ने कुरा पनि यो नाटकमा देख्न सकिन्छ ।

समग्रमा कलाकारले नाटकको जीवनलाई रहरलाग्दो बनाएका छन् । कम ‘प्रप्स’ प्रयोग गरिए पनि दर्शकको नजर स्टेजमा बाधिएर अल्झिरहने बनाउन सक्नु लेखक तथा निर्देशक सिन्धुलीयको खुबी हो ।

नाटक यथार्थवादी छ, त्यसैले विम्ब सीमित देखिन्छन्, तर जति प्रयोग गरिएका छन्, ती प्रभावशाली छन् । त्यसको बलियो प्रभाव पर्छ । यो नाटक असार ४ गतेसम्म प्रतेक दिन दिउँसो एक बजे कुञ्ज थिएटर मञ्चन हुने निर्देशक प्रकेश सिन्धुलीयले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्