Logo

रोनाल्डो र मेस्सिबीचको समानता



काठमाडौं, ३१ जेठ । फिफा विश्वकपको ज्वरो यसपाली पनि धेरैको टाउकोमा चढिसकेको छ ।  आज बेलुका ८ः४५ देखी रसियामा हुन गईरहेको २१ औ संस्करणको विश्वकप फुटबलमा पोर्चुगलका स्टार स्टाईकर रोनाल्डो ति खेलाडीहरुमा चुनिएका छन् जसले आफ्नो टिमलाई विश्व च्यामपियन बनाउन सक्छन् ।

विश्वकप यस कारण पनि उनको लागि विशेष मानिएको छ । उनी उमेरले ३३ सालका भैसकेका कारण भाग्यले नै उनले आगामी विश्वकप खेल्न पाउने छन ।

क्रिस्टियानो रोनाल्डोको खेल जीवन स्कुलबाटै सुरुभएको थियो । स्कुले दिनहरुमा खेलिने खेलहरुमा रोनाल्डो मात्रै गोलगर्न पाउन्थे किनभने उनका साथीहरु यिनलाई पन्छाउँन सक्दैनथे ।

उनको दौडिने गतिकोे उत्तर सायद कसैसंग थिएन होला । त्यसपछि रोेनाल्डो रुन सुरुगर्दथे र त्यसैले उनी रुन्चे केटा भनेर पनि चिनिन्छन । कहिले काहि क्लबका खेलहरुमा पनि उनी खेल हार्दा रोईरहेका देखिन्छन ।

धेरैलाई थाहा भएको कुरा हो रोनाल्डो र मेस्सि मध्यम बर्गीय परिवारबाट आएका हुन तर उनीहरुबीच एकअरु पनि भिन्न खास समानता छ । रोनाल्डोको जन्म ५ फेब्रअरी १९८५ भएको थियो भने मेस्सिको २४ जुन १९८७ मा भएको थियो । यि दुई स्टाईकरको उमेर अन्तर ८६९ दिनको छ ।

रोनाल्डोका छोरा रोनाल्डो जुनियरको जन्म १७ जुन २०१० मा भएको थियो भने मेस्सिका छोरा थिआगोको जन्म २ नोबेम्बर २०१२ मा भएको थियो । यि दुईका छोराहरु बीचको पनि उमेर अन्तर ८६९ नै छ ।

रोनाल्डोका बुवा जोस डिनिस ऐवियरो अमेरिकी राष्ट्रपति रोनाल्ड रिगनबाट धेरै प्रभावित थिए त्यसैकारण उनले आफ्ना सानो छोराको नाम रोनाल्डो डाँस सांतोस ऐवियरो राखेका थिए ।

जसलाई सबैले क्रिस्टियानो रोनाल्डो भनेर चिन्दछन । जुन ७ नम्बरको जर्सिलाइ आज मानिसहरु रोनाल्डोको कारणले चिन्दछन् । त्यो उनको पहिलो रोजाई थिएन २००२-००३ मा जब रोनाल्डो मेनचेस्टर यूनाइटेड पुगे सुरुमा उनले २८ नम्वरको जर्सीको माग गरेका थिए । तर उनलाई ७ नम्वरको जर्सी मिल्यो जुन नम्वरमा आज उनलाई विश्वले गनिरहेको छ ।

रोनाल्डोका बुवाको अधिक रक्सी सेवनका कारण मृत्यु भएको थियो । हुनत रोनाल्डोसंग रक्सी नपिउने कारणहरु अरुपनि छन् तर आफ्नो फिटनेसमा असर नपरोस भनेरनै उनी रक्सीमा ध्यान दिदैन्न ।

रोनाल्डोको शरिरमा बोसोको मात्रा १० प्रतिसतमात्र छ । जहाँ सामान्यतया दैनिक केटवाक गर्ने मोडेलको शरिरमा १३.८ प्रतिसत रहन्छ । क्रिस्टियानो रोनाल्डोको कमाई ७२४.२ करोड अमेरिकी डलर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्