Logo

‘जीरो’ मा शाहरुख बने पुड्के !



मुम्बई, २ असार । तनु वेड्स मनु रिटर्न्सु का निर्देशक आनन्द एल राय आफ्नो नयाँ फिल्ममा नयाँ तरिकाको परफेक्शन लिएर आउने गर्दछन् । यसपटक उनले कहानीका लागि बलिउड सुपरस्टार शाहरुख खानको हाइट ५ फिट ८ इन्चबाट घटाएर साढे २ फिट गरेका छन् ।

क्रिसमस विक २०१८ मा रिलिज हुन लागेको फिल्म ‘जीरो’ को बिहीवार टीजर सार्वजनिक भयो । टीजरमा सलमान खान, शाहरुखको पछाडिबाट आउँछन् । पछि, शाहरुख, सलमानको काखमा देखिन्छन् । जहाँ उनले सलमानलाई ुकिसु पनि गर्छन् ।

हलिउडमा पनि अपनाइयो टेकनिक

सन् २००१ मा पीटर ज्याकसनको फिल्म ुद लार्ड अफ द रिंग्सु मा पनि स्पेशल इफेक्ट्स प्रयोग गरिएको थियो । यसमा पनि कयौं कलाकारहरुलाई ुफोर्स्ड पर्सपेक्टिभु तरिकाबाट होचो देखाइएको थियो ।

होचो देखाउन प्रयोग गरियो फोर्स्ड पर्सपेक्टिभ तरिका

फिल्म ‘जीरो’ मा होचो देखाउनका लागि दुई तरिकाको सेट तयार गरिएको थियो । एउटा सेट र क्यामेरा शाहरुखलाई पुड्के देखाउनका लागि र अर्को क्यामेरा बाँकी कलाकारलाई ठूलो देखाउनका लागि ।

दुई क्यामेरामा सुट गरिएको सिन स्पेशल क्यामेरामा सिंक गरिन्छ । पछि त्यसलाई ओभरल्याप गरिन्छ । यसमा क्यामेरा लेन्समा अब्जेक्ट शाहरुख्लाई टाढाबाट होचो देखिन्छ ।

यो फिल्म शाहरुख खानको आफ्नै होम प्रोडक्शन कम्पनी रेड चिलीजले निर्माण गरिरहेको छ । जीरो का लागि फोर्स्ड पर्सपेक्टिभु तरिकाको आधारमा सुट गर्न २ वर्ष तयारी गरिएको थियो ।

यसले ठिक त्यस्तो काम गर्छ, जुन एउटै फ्रेममा क्यामेरालाई विल्कुलै नजिक राखियो भने निकै ठूलो र टाढा राखियो भने निकै छोटो देखिन्छ ।

‘जीरो’ मा छ श्रीदेवीको केमियो

शाहरुखसँगै फिल्ममा कटरीना कैफ, अनुष्का शर्मा, अभय देओल पनि छन् । कयौं बलिउड स्टारहरुको यसमा केमियो छ । ‘जीरो’ मा शाहरुख खानको पीताको भूमिका निर्देशक तिग्मांशु धूलियाले निर्वाहा गरेका छन् । फिल्ममा दिवंगत एक्ट्रेस श्रीदेवीको पनि केमियो छ । जसको छायांकन २०१७ मा गरिएको थियो ।

२९ वर्ष अगाडि कमल हासन बनेका थिए अप्पू राजा

१९८९ मा अभिनेता कमल हासनले अप्पू राजा फिल्ममा होचा व्यक्तिको भूमिका निर्वाहा गरेका थिए । त्यसबेला भिएफएक्स जस्तो टेकनिक हुँदैन थियो । कमलले हलिउडमा गएर पनि यस विषयमा जानकारी लिन खोजे तर उनलाई त्यहाँ पनि कुनै मद्दत मिलेन ।

फिल्ममा भूमिकाका लागि कमल हासनले खुट्टा बाँधेर छायांकन गरेका थिए, जसका लागि उनले स्पेशल बूट बनाएका थिए । यस्तै केही ठाउँमा स्पेशल क्रोमा प्रयोग गरेर उनले आफैंलाई पर्दामा होचो देखाए ।

बाँकी कलाकारभन्दा होचो देखिन कमल हासन आउटडोर सुटका लागि जमिनमा खाल्टो खनेर त्यसमा हिँड्थे । त्यसबेला फिल्म अप्प राजा करीब ८० लाखमा बनेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्