काठमाडौं, ३ अषाढ । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७५ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ। आइतबार जारी बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमाथिका विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ।