Logo

फुटबलको कथा : मानिसको टाउकोदेखी टेलस्टार–१८ सम्म



काठमाडौं, ३ असार । रसियामा जारी फिफा वल्र्डकप २०१८ मा प्रयोग भइरहेको बलको नाम टेलस्टार–१८ राखिएको छ ।

यस बलको डिजाइन फिफाको पार्टनर कम्पनि तथा १९७० देखी वल्डकपमा बल उपलब्ध गराईरहेको एडिडासले गरेको हो । यस्को नाम एडिडास द्धारा १९७० मा डिजाइन गरिएको पहिलो बल टेलस्टारको नामबाटै टेलस्टार–१८ राखएको हो । १९७० को दशकमा बल्याक एण्ड ह्वाइट टेलिभिजन संचालनमा थिए ।

खेलका क्रममा टेलिभिजन दर्शकहरुले बल राम्रोसंग देखुन भनेरनै यसमा सेतो र कालो रंगको प्रयोग गरिएको थियो । टेलस्टार–१८मा एन एफ सि चिप लगाईएको छ जस्को माध्यमबाट बललाई स्मार्ट फोनसंग जोडेर खेलसंग जोडिएका कयौ बिबादहरुको सामाधान गर्न सकिन्छ । यस बललाई साधारण जनताले पनि सजिलै बजारमा किनमेल गर्न पाउने छन ।

पाकिस्तानमा बनेको बल

जारी विश्वकपमा पाकिस्तानकोे फुटबल टिमले भाग नलिएपनि उसको लागी यो खुशिको कुरा हो कि संसारकै यस ठुलो खेलमा पाकिस्तानमा बनेको बलको प्रयोग भईरहेको छ । टेलस्टार–१८को उत्पादन पाकिस्तानको सियालकोट स्थित कम्पनि फाँरवड स्पोर्टसले गरेको हो । यो संसारभरिमा बल बनाउने कम्पनिहरुमा प्रख्यात कम्पनि अन्र्तगत पर्छ ।

यस कम्पनीमा मासिक ७ लाख बल बन्छन । १९९४ बाट एडिडाससंग मिलेर काम गरिरहेको छ । २०१४ मा भएको विश्वकपमा पनि यसै कम्पनीले बल बनाएको थियो ।

संसारको सबभन्दा पुरानो बल

संसारको सबभन्दा पुरानो बल र ट्रफि स्कँटल्यान्डको ग्लासगो संङ्ग्रालएमा राखिएको छ । यो बल इङल्यान्ड स्टर्लिग क्यासलको क्वीन चम्बरमा मिलेको थियो । भनाई अनुसार यो बल १५१४को दशकमा बनेको थियो । यसलाई बनाउनका लागी छालाको प्रयोग गरिएको थियो ।

स्कटल्यान्डमा फुटबल १४९७ बाट खेल्न सुरुभएको इतिहाँसमा बर्णन गरिएको छ । गल्फसंगै फुटबललाईपनि शाहिखेलका रुपमा लिईन्थयो र राजपरिवारको पनि सहभागीता हुन्थो ।

टाउकाका खेलिन्थ्यो फुटबल

फुटबलको ईतिहाँस करिब तीन हजार बर्ष पुरानो हो । पहिले पहिले युद्ध जितेपछि दुश्मनको टाउकोलाई खुट्टाले हानेर खेल्ने चलन थियो । त्यसपछिका दशकहरुमा जनावरका टाउको तथा छाला र कपडाबाट सिलेर बनाएका फुटबलको बिकास भएको मानिदै छ ।

संसारमा पहिलो रबरको बल

१८३६ः ब्रिटेनका चाल्र्स गुडयिएरले पहिलो चोटि जनावरको छालाको प्रयोगलाई परिर्वतन गर्दे रबरको बर बनाए र यसलाई पेन्टपनि गराएका थिए ।

१८६२ः एच जे लिंडनले रबरको हावाभर्ने बलको आबिस्कार गरे । उनकी श्रीमती जनावरको छालाबाट बनार्ईएको बल फुक्दा बिरामी परेका कारण उनले रबरबलको प्रचन ल्याए ।

१८६३ः यो समयमा नयाँ अस्तित्वमा आएको इङलिस फुटबल एसोसिएशनले फुटबलको नियम बनाएको थियो । तर ति नियममा फुटबलको आकारको बारेमा केहिपनि बताइएको थिएन ।

१८७२ः यस दशकमा बलको निश्चित आकारको मापदण्ड (६८.६ देखि७१.१)तोकिएको थियो । यो नियम आजपनि जारी छ ।



प्रतिक्रिया दिनुहोस्