Logo

राजकुमारदेखि निर्देशकसम्मको ‘ज्याकलीन’ प्रेम कहानी



काठमाडौं, ३ असार । फिल्म ‘रेस ३’ सिनेमा घरहरुमा चलिरहेको छ । फिल्ममा ज्याकलीन फर्नान्डेज, सलमान खानको प्रेम कहानीले राम्रो ब्यापार गरिरहेको छ । तर यर्थात जीवनको कुरा गर्नुपर्दा ज्याकलिनले आजभोली मुम्बईका एक ‘फिटनेस एक्सपर्ट’संग डेटिङ गरिरहेको खुलासा भएको छ ।

उनै फिटनेस ब्वाईको साथमा आजकाल ज्याक्लिन रेष्टुरेन्ट र नाइटक्लबहरुमा नियमित धाउन थालेकी छन् । स्रोतका अनुसार मुम्बईको पाँस एरियामा ज्याकलीन बस्ने गरेको ३ बि एच के फ्ल्याट पनि उनैले गिफ्ट दिएका हुन ।

त्यसो त ज्याकलिनको प्रेम कहानी यो भन्दा पहिले पनि कम चर्चामा थिएन । यहाँ उनको पुर्वप्रेम जीवनलाई नजिकबाट हेर्ने कोसीस गरिएको छ ।

राजकुमारसँगको उनको पहिलो प्रेम

मिस श्रीलंका भइसकेकी ज्याकलीन फिल्ममा आउनुभन्दा अगाडि टेलिभिजनमा रिपोटिङको काम गर्थिन । अष्टे«लियाको सिड्नी युनिभर्सिटिबाट आमसंचार बिषयकोे पढाई गरिसकेकी ज्याकलीनको पहिलो प्रेमी बहराईनका राजकुमार हसन बिन राशिद अलि खलिफा थिए ।

उनको राजकुमारसंगको भेट एक साथिको पार्टीको सिलसिलामा भएको थियो । जब ज्याकलीनलाई फिल्म ‘हाउसफुल’ को लागी अनुबन्धीत गरियो यि दुईबिचको प्रेमकाहानि बिचैमा टुट्यो ।

१५ बर्ष जेठा निर्देशकसंगको सम्वन्ध

३२ बर्षकी ज्याकलीनको राजकुमारसंगको सम्वन्ध टुटनुको कारण बलिउड फिल्म निर्माता साजिद खानसंगको नजिकीदो सम्वन्ध थियो । २००९ मा यो सम्वन्धको बारेमा खबरहरु बाहिर आउन थालेदेखी उनि निर्माताको प्रेममा रहेको प्रष्ट भयो । ज्याकलीन बलिउडमा आफनो स्थान बनाउन चाहान्थिन यसकालागी साजिद खानले उनलाई सहयोग गरे । त्यसै कारण उनलाई ‘हाउसफुल १’ र ‘हाउसफुल २’मा अभिनयगर्ने मौका मिल्यो । हाउसफुल २ को सुटिङको समयमा साजिद ज्याकलीनको भुमिका र कपडापनि आफैले भने अनुसार छनौट गर्नलागे । जब ज्याकलीन शुटिङ स्थलमा जान्थिन सबै उनलाई भाउजु भनेर सम्बोधन गर्थे । त्यति मात्रै नभएर २०१२ मा ज्याकलीनको साजिदसंग बिबाहको चर्चापनि चल्न थाल्यो । साजिदसंगको यस्तै ब्यवहारले२०१३ मा ज्याकलीनले साजिदसंगको प्रेममा पुर्णबिराम लगाईन ।

सलमान र सिद्धार्थसंगको सम्वन्ध

फल्म ‘अ जेन्टलमेन’ सुटिङको समयमा ज्याकलीनको दुरी सिद्धार्थ मल्होत्रासंग नजिकीयो । यति सम्मकि आलिया भट्टसंगको सम्बन्ध टुटनुको कारण कसैले प्रष्ट नपारेपनि ज्याकलीनलाईनै मानिन्छ ।

२०१४ मा सलमान खानको फिल्म ‘किक’मा ज्याकलीनलाई नायिकाको प्रस्ताव आएदेखी उनलाई सलमान खानसंग पनि जोडिन थालियो । कयौ अन्तरवार्तामा ज्याकलीनले सलमान आफनो एक असल साथिमात्र भएको भनेपनि यि दुईबीचको चर्चा बेला बखत चलिरहन्छ ।



प्रतिक्रिया दिनुहोस्