Logo

प्रचण्ड अचानक थाइल्याण्ड प्रस्थान



काठमाडौं ४ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्ड गएका छन् । गएराती उनी अचानक थाइल्णड गएको पारीवारीक स्रोतले जनाएको छ । उनी राती १० बजेपछि त्यता प्रस्थान गरेका हुन्। उनका साथमा छोरी गंगा दाहाल र प्रेस सहयोगी मनहरि तिमिल्सिना पनि गएका छन् । यसअघि उनी दिल्ली गएका थिए । दाहाल केही समययता सुगर, प्रेसर, थाइराइड लगायतका रोगबाट ग्रसित छिन्।



प्रतिक्रिया दिनुहोस्