Logo

झापा रेडक्रसको सर्पदंस उपचारमा महत्वपूर्ण भूमिका



झापा, ४ असार। कन्काइ साहारा सर्पदंस उपचार केन्द्र माइधार सुरुङ्गाले आफ्नो स्थापनाको एक बर्षमा सर्पले टोकेका ३०१ बिरामीहरुको सफल उपचार गरेको छ ।

२०७४ जेठ १२ गतेदेखि संचालित सर्प दम्स उपचार केन्द्रले २०७५ जेठ १२ गते सम्म सर्पले टोकेका ३०१ बिरामीको उपचार गरेको उपचारमा सम्लग्न सर्प दम्स विशेषज्ञ अ्मर सिह राजबन्सिले जानकारी दिएका छ्न । ६ जना विशेषज्ञहरुले २४ घन्टा सेवा प्रदान गरिरहेको सो केन्द्रमा, भेन्टिलेटर, जस्ता सेवा समेत उपलब्ध रहेको पाइन्छ ।

झापामा दमक रेड्क्रस, चारआलि सैनिक ब्यारेक र सुरुङ्गा गरि तीन ठाउँमा सर्पले टोकेको बिरामीको उपचार गरिन्छ । सेवा कन्काइ साहारा सर्प दम्स उपचार केन्द्रमा मात्र संचालित रहेकोे छ ।

उपचारमा आएका ३०१ मध्य २० जनालाई बिषालु सर्पले टोकेको र ४ जनाको उपचारमा ढिलाइ भएकोले मृत्यु हुन पुगेको केन्द्रले बताएको छ । उनीहरुको उपचार गर्न ल्याउन ढिलाइका कारण बचाउन नसकिएको पनि केन्द्रले जानकारी दिएको छ ।

बिषालु सर्पले टोके पछि समयमै उपचार केन्द्रमा पुर्याउन सके एन्टि इस्नेक भेनमको प्रयोग गरि उनिहरुको उपचार गर्ने गरिन्छ । बिषालु सर्प गोमन र करेन्टले टोकेको बिरामीलाई ५ देखि २५ सम्म एन्टि इस्नेक भेनम प्रयोग भएको राजबन्सिले बताए ।

३०१ मध्य २५ हरियो सर्पले टोकेका बिरामी उपचारको लागि आएको र एन्टिबायोटिक औसधिको प्रयोगबाट उनीहरुको सफल उपचार भएको र सकुशल उपचार पछि घर फकिएका छ्न् ।

नेपाल रेडक्रस सोसाइटी र साहारा बिकास बैकको प्रत्येक्ष सहयोग रहेको छ भने कन्काइ नगरपालिका, सिवसतासी नगरपालिका, कन्काइ उधोग बाणिज्य संघ,लाइन्स क्लब अफ कन्काइ सुरुङ्गा, कन्काइ घाट ब्यबस्थापन समिति र कन्काइ धाम ब्यबस्थापन समितिले प्रत्येक्ष सहयोग गर्दै आएका छ्न । नेपाल रेडक्रस सोसाइटी तथा साहारा बिकास बैकले स्थापना देखिनै प्रत्येक्ष रुपमा सहयोग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्