भक्तपुर, ४ असार । समृद्ध नेपाल तथा सुखी नेपाली भन्ने सरकारको नारालाई साकार बनाउन औद्योगिक विकास नभएसम्म देश विकास तथा आर्थिक उपार्जन असम्भव हुने बताइएको छ ।
साना तथा मझौला व्यवसायी महासंघ नेपाल तथा प्राइमकमर्शियल बैंक लिमिटेडको संयुक्त भक्तपुरको साँगामा आयोजनामा भएको तीन दिने दिगो उद्यमको लागि गुणस्तरिय लप्सी जन्य उत्पादन विषयक तालिम आज सम्पन्न भएको छ ।
असार १ गते देखि शुरु भई आज सम्पन्न भएको कार्यक्रममा घरेलु तथा सानाउद्योग विभागका महानिर्देशक शत्रुधन प्रसाद पुडाशैनीले लप्सी जन्य उत्पादन तथा प्रवद्र्धनको निम्ति विभागले गर्नुपर्ने जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।
त्यस्तै यस्ता प्रकारका विभिन्न उद्योगलाई नेपाल सकारको तर्फवाट ऋण समेत उपलब्ध गराउने भएकाले आवश्यकता अनुसार भरपुर प्रयोग गर्न आग्रह गरेका छन् ।
त्यस्तै कार्यक्रममा प्राइम कमर्शियल वैंकका कर्जा प्रमुख अनन्त चापागाईले व्यवसायिलाई व्यवसायको आधारमा साथै व्यवसायिको उत्पादनको आधारमाकर्जा प्रवाहतथा छुटको व्यवस्थागर्ने उद्घोष गरेका छन् ।
साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनले व्यवसायीहरुलाई निरन्तर रुपमा व्यवहार मुखीशिक्षा, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरु संचालन गरिरहने बताएका छन् ।
कार्यक्रममा महासंघकी प्रथम उपाध्यक्ष इनु पौडेल, केन्द्रीय सदस्य रविन थापा, कुलबहादुर काफ्ले, सहभागीको तर्फवाट पूर्ण कुमार कर्मचार्य, नारायणदेवी सैंजु श्रेष्ठ, प्रविधि विज्ञ शिद्धी बहादुर जोशीलगायतले लप्सीउत्पादनको बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।