Logo

तिलागुफा नपाका १० वडामा सडक संजाल जोडियो



कालिकोट, ४ असार । जिल्लाको पुर्वी क्षेत्रमा रहेको तिलागुफा नगरपालिका संडक संजालले जोडिएको छ । भौगोलिक विकटाले पछि परेको तिलागुफाको गाउँ—गाउँमा सडकको पहुँच पुगेको हो ।

स्थानीय निर्वाचन पछि जनप्रतिनिधि चयन भएपछि यो क्षेत्रमा धमाधम सडक निर्माण गर्न थालिएको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा सडकलाई पहिलो प्राथामिकतामा राखेर बजेट विनियोजन गरिएको थियो ।

तिलागुफा नगरपालिकामा जम्मा ११ वटा वडा मध्य १० वटा वडामा सडकको ट्रयाक खोलिएको छ । शनिवार मात्रै कर्णाली राजमार्गमा जोडिएको पाँखेढुङ्गा—ओखरभिटा हुँदै कालिका माध्यामिक विद्यालय छाप्रेसम्म सडक संजालले जोडिएको छ ।

एक औपचारिक कार्यक्रमको आयोजना गरि नगरपालिकाले सडकको उद्घाटन गरेको छ । उक्त सडकको लम्वाइ ८ किलोमिट ७७५ मिटर रहेको छ ।

सडक निर्माण प्रश्चात तिलागुफाका वडा नम्वर ७ र ८ का स्थानीय लाभान्वित भएका छन् । सडक निर्माणको पहिलो चरण ट्रयाक खुला गरिए पनि अझै तिन चरणको काम बाँकी रहेको प्राविधि बिरवन्जन शाहीले बताए ।

उनले भने, ‘सडकको ट्रयाक खुला गर्नु भनेको २५ प्रतिशत काम भएको मानिन्छ । अव ७५ प्रतिशत काम गर्न बाँकी छ । त्यो भनेको दोस्रो, तेस्रो र चौथो चरण बाँकी छ ।’

तिलागुफा सडकले जोडिदा स्थानीय निकै खुसी भएका छ । विकट गाउँ सडक सञ्जालमा जोडिएपछि स्थानीयलाई दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको छ । गाउँमा सडक पुगेपछि भारी वोक्ने दुःखको झमेला टाढाँ भएको छ ।

तिलागुफा नगरपालिका वडा नम्वर ८ का स्थानीय तिलकप्रसाद न्यौपानेले विगतमा पीठीउँमा भारी बोकेर दुःख पाएको पीडा पोखे । ‘कर्णाली राजमार्गको गाल्जे बजार गएर नुन, तेल, चामललगायतका दैनिक उपभोग्य वस्तु पीठीउँमा बोकर घर ल्याउनु पर्ने बाध्यता थियो ।’

उनले भने, ‘भारी बोक्दै दिन विते अव भने गाडी पुगेपछि सुख पाइन्छ की रु जनप्रतिनिधि आएपछि जे होस् हाम्रो गाउँमा विकास भएको छ ।’ जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा सफल रुपमा चारपाङ्गे्र जीप छाप्रे गाउँमा पुगेका छन् ।

गाउँपालिका सदरमुकामसँगै सडक सञ्जालमा जोडिदा स्थानीय खुसी छन् । तिलागुफा नगरपालिकाले १ करोड ५३ लाखमा साढे आठ किलोमिटर बढी सडक निर्माण गरेको नगर प्रमुख रतनबहादुर शाहीले बताए । उनले भने, ‘छाप्रेमा स्थानीयले पीठीउँमा भारी बोकेर जिविकोपार्जन गर्ने दिनको अन्त्य भएको छ । अव तिलागुफा समृद्धितिर धकेलिएको छ । स्थानीयले हिजोको पाएका दुःखका दिनको अन्त्य गर्दै आएका छौ ।

तिलागुफामा स्थानीय निर्वाचन भए यता जनप्रतिनिधि आएपछि १४ किलोमिटर सडकम संजालमा सवारी साधान सञ्चालन गरिएको छ ।’ चालु आर्थिक बर्षमा निर्माण गरिएका सडक विस्तारका लागि आगामी वर्षमा पनि बजेटको व्यवस्था गर्ने मेयर शाहीले बताए ।

नगरपालिकामा सडक जोडिएसँगै स्थानीय स्तरमा उत्पादन हुने तरकारी, मास, सिमी, जडीबुटी र फलफूल जिल्ला सदरमुकाममा बिक्री वितरण गर्न र विकास निर्माणका सामग्री लिन सहज हुने उपप्रमुख दन्ता नेपाली दर्शनाले बताइन् । वडा नम्वर ७ का वडाध्यक्ष नेत्र शाही गाउँमा गाडी पुग्दा विकासको अनुभुति भएको सुनाए । उनले भने, ‘स्थानीयले हाम्रो कामको परिक्षण गरेका छन् ।

इमान्दारीतका साथ काम गर्नुपर्ने छ । अवसर र चुनौतीलाई अगाल्दै गाउँको विकासमा लागेका छौ ।’ पाँखेढुङ्गा —ओखरभिटा हुँदै कालिका माविसम्मको सडक जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मि बिष्ट नेपाली र तिलागुफा नगरपालिका मेयर रतनबहादुर शाहीले सयुक्त उद्घाटन गरेका हुन् । सडक उद्घाटनपछि छाप्रसम्म चार वटा जिप र एक दर्जनभन्दा बढी मोटर साइकल पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्