Logo

१४ बर्षमा ४ वटा फिल्म खेल्ने नायिका काजल



मुम्बई, ५ असार । बलिउड क्षेत्रकी चर्चित नायिका काजल अग्रवालको जन्म मुम्बईको एक पन्जाबी परिवारमा भएकोे हो ।  दक्षिण भारतीय फिल्ममा आफ्नो बलियो पहिचान बनाएकी काजलले फिल्मको संसारमा बलिउडबाटै पाइला राखेकी थिईन ।

कुनै समय टेलिभिजनको पत्रकार बन्छु भन्ने इच्छा राखेकी नायिकाले आमसञ्चार विषयमा स्नातक गरेकी छन । मोडलिङबाट आफ्नो फिल्मी यात्रा सुरुगरेकी काजलले २००४ मा आएको ‘क्यु हो गया ना’बाट आफ्नो चलचित्र यात्रा तय गरेकी हुन । विवेक ओबराय र ऐश्वर्या रायको साथमा छोटो भुमिका निभाएकी उनले यस फिल्म पछि बलिउडमा काम नमिलेपछि दक्षिण भारतीय फिल्ममा अभिनय थालिन ।

मोडलिङको संसारमा काजलले राम्रो क्षमता प्रदर्शन गरेकै कारण केही बिज्ञापनमा समेत काम गर्ने मौका पाईन । बिज्ञापन पछाडी उनले तेलुगु फिल्म ‘लक्ष्मी नारायणम्’मा अभिनय गरिसकेपछि लगातार पाँचओटा फिल्ममा आफनो अभिनयको कलालाई देखाईन ।

२००९ मा प्रदर्शनमा आएको ‘मगधीरा’ फिल्मबाट काजलको सबै समिकरण बद्लियो । मगधीरामा उनले गरेको राजकुमारीको भुमिकाले उनको सबैतिर चर्चा चल्यो । बाहुबलिका नायक प्रभासको साथमा खेलेको फिल्म ‘डार्लिङ’बाट उनी अग्र तालिकामा आईन ।

२०११ मा ‘सिंघम’मा बलिउड नायक अजय देवगनको साथमा रहेको उनको भुमिकाले काजललाई बेष्ट डेब्यु नोमिनेशन फिल्म अवार्ड मिल्यो । २०१३ मा उनलाई दोश्र्रो वलिउड फिल्म ‘स्पेसल २६’ मा अक्षय कुमारसंग कामगर्ने अवसर आयो । तर यस फिल्ममा उनको भुमिका छोटो थियो ।

दक्षिण भारतीय फिल्मका अतिरिक्त २०१६ मा आएको हिन्दी फिल्म ‘दो लब्जोकी कहानी’ मा राम्र्रो भुमिका निभाए पनि उनलाई यो फिल्मले खासै लाभ मिल्न सकेन । बलिउडमा १४ बर्षमा ४ ओटामात्र फिल्म खेल्ने नायिकाको रेकर्ड भने काजलले बनाएकी छन् ।



प्रतिक्रिया दिनुहोस्