Logo

फिल्म खेल्ने खबर झुटो हो-टेरिया मगर



काठमाडौं, ६ असार । भारतको चर्चित रियालिटी टेलिभिजन शो ‘झलक दिखला जा’ र ‘डीआइडी ३’ की च्याम्पियन टेरिया फौजा मगरले आफूले फिल्म खेल्न लागेको खबर झुटो भएको बताएकी छिन् ।

तेरियालाई डान्स गुरु सुजन विश्वकर्माले ‘मायाको मोल’ नामक फिल्मको प्रस्ताव गरेको र उनी बिना पारिश्रमिक फिल्म गर्न राजी भएको समाचारहरु प्रकाशित भएका थिए ।

तर, यस विषयका बारेमा टेरियाबाट औपचारिक जानकारी प्राप्त भएको थिएन् । गत सोमबार उनले आफ्नो आधिकारिक फेसबुकमा आफूले कुनै फिल्म खेल्नको लागि साइन नगरेको र तत्काल फिल्म गर्ने सोचमा नरहको भन्दै स्टाटस लेखिकी थिईन् ।

टेरियाले आफ्नो भेरिफार्इड फेसबुक पेजमा भाम्रक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भनेर लेखेकी छिन् । तर, रोचक कुरा ‘मायाको मोल’ फिल्मको निर्देशन गर्न लागेका म्याक टेन कालु भने टेरियाको उक्त फेसबुक फेक रहेको भन्दै आफू चोखो बन्न खोजेको खबरहरु आएका छन् ।

४ लाख १८ हजार बढी फलोअर्स रहेको टेरियाको उक्त भेरिफाइड फेसबुक पेज छ । उक्त फेसबुक पेजमा उनी दैनिकजसो नै पोष्ट शेयर गरिरहेकी हुन्छिन् । उनको नाममा सयौ फेक फेसबुक बनेका छन् ।टेरिया फौजा मगर नाममा एक फेसबुक आइडी खुलेको छ, जहाँ ‘मायाको मोल’ शिर्षकका केही समाचार र भिडियो शेयर भएका छन् ।

यो फेसबुकमा निर्माता कालुले समाचारको लिंक ट्याग गरेका छन् । तेरियाका डान्स गुरु भनिने सुजन विश्वकर्मा पनि यसमा फ्रेण्ड छन् ।अब यो फेसबुक आइडी सक्कली हो वा नक्कली त्यसको भने चाँडै पर्दाफास हुनेछ । कतै निर्माण टिमले तेरियाको नाम भजाएर चर्चामा आउने बाटो त रोजेको होइन ?



प्रतिक्रिया दिनुहोस्