मुम्बई ६ असार । भारतको मध्यप्रदेश स्थित कासिपुरा गाँउमा रहने प्रियंका भदोरियाले आफ्नो बिवाहपुर्व यस्तो शर्त राखिनकी जुन सर्त सुनेर सबैलाई अचम्म लाग्न सक्छ ।
प्रियंकालाई माग्न आएका केटा पक्षसँग उनले निशंकोच १० हजार नयाँ बिरुवा नरोपेसम्म बिवाह नर्गर्ने बताए पछि उनको मागको बारेमा चौतर्फि चर्चा भएको छ ।
प्रियंका भदोरियाको प्रकृति प्रेमलाई बुझेर दुलाहा पक्ष सहमत भएपछि उनले गएको शुक्रबार धुमधामसँग बिवाह गरेका छन । प्रियका जुन समाजमा हुर्केकी हुन त्यो समाजमा बिवाहपुर्व दुलहिलाई के चाहिन्छ ?
भनेर सोध्ने प्रचलन चलिआएपनि प्रियंकाले आफुले अरुकेही नचाहेको तर त्यसको बदलामा नयाँ बिरुवाका बोटहरु रोपिदिए पुग्ने कुरा बताएकी थिईन । प्रियकाले आफनो दशबर्षको उमेरदेखीनै बिरुवा रोप्न थालेकी हुन र संयोगबस उनको बिवाह पनि अन्तराष्ट्रिय विश्व दिवशको दिनमा नै भयो ।
प्रियंकाका श्रीमान पनि आफ्नी श्रीमतीको सुजबुज देखेर निकै खुसि छन । उनलाई श्रीमतीको पर्यावरण प्रेम देखेर उनीसँग नै बिवाह गर्ने मनमा इच्छा लागेर आएको उनी बताउछन् ।
प्रियंका चाहान्छकी ति दश हजार बोट मध्य पाँच हजार उनको माईतिमा लगाइयोस अनि बाकि पाँच हजार उनको ससुरालमा । उनका बिवाहमा आमन्त्रित आफन्तले पनि उनलाई केहि महत्वपुर्ण बिरुवाका बोटहरु उपहारमा दिएका थिए ।