Logo

धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदामा योग शिविर-फोटो फिचर



काठमाडौं, ६ असार । विेश्व योगा दिवस जुन २१ को अवसर पारेर आर्ट अफ लिभिङ समाज नेपालले विभिन्न धार्मिक, सांस्कृति र प्राकृतिक सम्पदाका बीचमा काठमाडौं उपत्यकाभर योगा शिविर सञ्चालन गरिरहेको छ ।

आर्ट अफ लिभिङ समाजले आज पशुपतिनाथ परिसरमा रहेको पशुपतिनाथ सन्ध्या आरतीस्थलमा योग शिविर गरिएको छ । योग शिविरमा नेपालस्थित भारतीय राजदूतावासका महामहिम राजदूत मन्जिभ सिंह पुरीको पनि उपस्थिति रहेको समाज कि राष्ट्रिय संयोजक पुनम उप्रेतीले जानकारी दिईन ।

भारतका प्रख्यात आध्यात्मिक गुरु आयार्य रविशंकरको अग्रसरतामा आर्ट अफ लिभिड।को सुरुआत भएको हो । यसले मानिसलाई भौतिक कोलाहलका बीचमा आध्यात्मिक शान्ति प्राप्त गरी शान्तिपूर्वक जीवन यापन गर्ने कला सिकाउछ ।

विश्व योग दिवस २१ जुनको अवसर पारेर काठमाडौं आर्ट अफ लिभिङले शंखमूलबाट जुन १६ देखि आरम्भ गरेको थियो । योग शिविर जेष्ठ ३ गते भक्तपुरको टौमडी, जेष्ठ ४ गते बौद्धनाथ, जेष्ठ ५ गते पाटन कृष्ण मन्दिर र गोकर्ण र आज ६ गते पशुपतिनाथको सन्ध्याकालीन आरतीस्थलमा सम्पन्न भएको छ ।

आर्ट अफ लिभिङ समाज नेपालले भोली ७ गते शंखमुलपार्क र बसन्तपुर दरबार क्षेत्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा योग शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्

बौद्ध स्तुपाको काखमा योगाभ्यास सूरु–फोटो फिचर



प्रतिक्रिया दिनुहोस्