Logo

८० किलोको गाउन लगाएर अर्वाडमा पुगेकी नायिका झण्डै बेहोस् !



काठमाडौं, १२ असार । थाईल्याण्डमा चलिरहेको आईफा अर्वाडमा बलिउड अभिनेत्री उर्वशी रौतेलाले निकै भारी ड्रेस पहिरिएर चर्चामा आएकी छिन ।

आईफा अर्वाडको समयमा बलिउडका चर्चित हस्तिहरुले रातो कार्पेटमा आफनो सुन्दरता प्रर्दशन गरेक थिए जहाँ अभिनेत्री उर्वशी रोतेला पनि आफ्नो सुनौलो रंगको गाउनमा उपस्थित थिईन ।

जव उर्वशीले कार्यक्रक स्थलमा प्रवेश गरिन उनलाई सजिलोगरि हिड्न गाह्रो भइरहेको आभास भैरहेको थियो । उनी असजिलो भएर हिड्नुको कारण अरुकेहि नभएर उनले लगाएको ८० किलोको गाउनलाई नै कारण कारण मानिएको छ ।

थप समन्धित समाचारहरु :

अक्षय कुमार अब हक्की खेलाडी

‘बाहुबली’ का भल्लालदेव अस्वस्थ, यस्तो रोग लागेको खुलासा

अभिनेता सुनिल शेट्टीको भन्दा छोरा अहानको अभिनय राम्रो !

नाना पाटेकर कुल सम्पत्तिको ९० प्रतिशत रकम मानव धर्ममा खर्च गर्दै

अभिनेत्रीले योकुरा आफ्नो सामाजिक संजालमा फोटो राख्दै आफुले लगाएको ८० किलोको पहिरनको बारेमा बताएकी हुन । यो खास अवसरको लागि उर्वशीले फेसन डिजाईनर अर्चना कोचरले डिजाइन गरेको गाउन लगाएकी थिईन ।

जसमा उनी निकै सुन्दर देखिएकी छन । उर्र्वशीले आफ्नो एक भिडीयो सार्वजनिक गर्दे भनेकी छन् ‘म त्यो गाउन लगाएर हिडिरेको बेला बेहोस् हुँला झै भएको थिए तर त्यसो भएन ।’

यस पटकको आईफामा उर्वशी पहिलो दिनदेिख नै उनको सुन्दरतालाई लिएर चर्चामा थिईन् । उर्वशी पछिल्लो प्रर्दशनमा आएको फिल्म ‘हेट स्टोरी–४’मा देखीएकी थिइन् जसमा उनले निकै बोल्ड सिन दिए पनि उक्त फिल्मले खासै दर्शकलाई फिल्महलसम्म तान्न भने सकेन ।



प्रतिक्रिया दिनुहोस्