Logo

लागू औषध विरुद्धको दिवस मनाईयो



काठमाडौं, १२ असार । उद्धार नेपाल ललितपुरले लागु औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१८ मनाएको छ । मंगलवार ललितपुर महानगर वडा नं.२५ नेपाल प्रहरी, कारीतास नेपाल लगायत विभिन्न निकायको समन्वयमा कार्यक्रम सम्पन्न गरेको हो ।

बालबालिका तथा युवाहरुलाई ‘स्वस्थ र सुरक्षित राख्न मद्दत गर्न, पहिलो चरण नै उनीहरुको कुरा सुनौ’ भन्ने मुल नाराकासाथ दिवस विश्वभर मनाइएको छ ।

विभिन्न कलेज, युवा संघ संस्था, जन प्रतिनिधी तथा सरोकारवालाहरुको उपस्थितिमा विहान दुव्र्यसनिबाट बच्न वडा अध्यक्ष विष्णु कुमार कार्कीको प्रमुख आतिथ्यतामा वृहत अन्तरक्रिया गरेको थियो ।

३ सय जना भन्दा बढी सहभागि रहेको र्यालीले भैसेपाटी आवास क्षेत्रबाट वाईवाई चोकसम्म दुव्र्यसनको बिरुद्धमा सचेतना र्याली कोण सभामा परिणत भएको थियो ।

सो सभामा प्रम्ख अतिथी प्रदेश नं. ३ का सांसद विजय खड्काले युवाहरु स्वस्थ भएमा देशले समाज विकासमा गति लिने बताउँदै दुव्र्यसनिमुक्त समाज निर्माणमा प्रदेश सरकालेसाथ दिनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा प्रहरी वृत्तका निरिक्षक दिपक मगराती, श्रीकुञ्ज विद्यालयका प्रधानाध्यापक सिंहराज थापा, कारितास नेपालका रमेश मगर र उद्धार नेपालका महासचिव राजेन्द्र पुतुवारले आफ्ना कुराहरु राखेका थिए ।

लागु औषध सेवन कर्ताहरुलाई समेत उपचार गराउँदै समाजमा पुर्नःस्थापना गर्न विभिन्न नमुना कार्यक्रम गर्दै आएको यो संस्थाले सोहि दिन दिउँसो लागू औषध प्रयोगकर्तालाई पुनःस्थापनाको सवालमा सरोकारवालाहरुकोबीचमा वृहत छलफलको आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख डा.खगेन्द्र गेलालले आफ्नो तर्फबाट सक्ने समन्वय र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यस्तै विशिष्ट अतिथी रमेश मगर, सुजन नेपाल शिखा राईले आफ्नो धारणा राख्नु भएको थियो भने संस्थाका महासचिव राजेन्द्र पुतुवारले स्वागत मन्तव्य राखेका थिए ।  उक्त कार्यक्रम संचालन लोकराज गौतमले गनर्् भएको थियो भने कार्यक्रमको अध्यक्षता राजेन्द्र पतुवारले गर्नु भएको थियो ।

तस्बिर-नारायण गिरी



प्रतिक्रिया दिनुहोस्