Logo

कस्तो बन्ला दशरथ रगंशाला ?



काठमाडौँ, १३ असार । विस २०१३ सालमा निर्माण भएको दशरथ रंगशाला २०७२ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएको थियो । रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन सकेको छैनन् ।

पछिल्लो जानकारी अनुसार आउँदो फागुनभित्र पुनःनिर्माण कार्य सक्ने लक्ष्यकासाथ सरकार लागि रहेको छ । क्षतिग्रस्त रगंशालाको ‘फ्लड लाइट’, ‘स्कोर कार्ड’ र ‘सिन्थेटिक ट्र्याक’ बनाउन चीनले सहयोग गर्नेछ ।

रंगशालाको निमार्णको कार्य सम्पन्न नभएको स्थिति छ भने अर्कोतिर १३ औँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताको मिति नजिकिदैछ ।

सन् २०१९ को मार्चमा दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजना गर्ने जिम्मा नेपालले पाएको छ ।  रंगशाला बनाउन भ्याट बाहेक १६ करोड ५० लाख खर्च लाग्ने बताइएको छ । भत्काउन र निर्माण शुरु गर्न अहिलेसम्म ५ करोड खर्च भइसकेको छ । रंगशाला बनाउन अझै साढे ११ करोड रुपैयाँ आवश्यक छ ।

रंगशाला निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायी सनकसिंह राईले भत्काउने काम सकिएको र बनाउने काम एक महिना अघिदेखि शुरु भएको बताए ।



प्रतिक्रिया दिनुहोस्