Logo

निता अम्बानीको कारको मुल्य कति ?



काठमाडौं, १३ असार । भारतमा जब धनिको नाम लिईन्छ तब सबभन्दा पहिले अंम्बानी परिवारको नाम लिईने गरिन्छ । अम्बानी त्यस्ता व्यक्ति हुन जसलाई हरकोही भारतीयले बच्चाजान्ने गर्दछन् र यस परिवारका सामान्य कुरापनि समाचार बनेर आउँछन ।

खबरका अनुसार मुकेश अम्बानीकी श्रीमती निता अम्बानी जो रिलाएन्स कर्पोरेटको साथसाथै मुम्बई इन्डियनको क्रिकेट टिमलाई पनि समाल्ने गर्छिन ।

राजकिय जीवन विताईरहेकी निता पहिले मध्यम बर्गिय परिवारबाटै यहाँ सम्म पुगेकी हुन बिवाह पश्चात उनको भाग्य बद्लियो । निता ब्रान्डेड सामानको मात्र प्रयोग गर्दछिन । हालसालै उनले एक नयाँ कार किनेकी छिन् जसका केही युनिटमात्र बजारमा उप्लब्ध रहेका छन ।

जानकारीका अनुसार यो कार अहिल्यै भारतमा उपल्बध रहेको छैन जसलाई विशेष रुपमा अमेरिकाबाट मगाईएको थियो । यस कारको मुल्य लगभग १०० करोड रहेको र निताले यो कार अफिस आउन जानको लागि किनेको जनाईएको छ ।

यो पनि पढ्नुहोस :

धर्मेन्द्रका नाति युवा धर्मेन्द्र !

बिबाहको निमन्त्रणा दिन निता सिद्धबिनायकमा

अम्बानि परिवारका गाडी चालका अनुसार निता महङ्गा कार शौंखको रुपमा किन्न रुचाउन्छिन र उनको साथमा धेरै महङगा कार रहेको पनि उनले बताए । उनका अनुसार जति कार अम्बानीको घरमा रहेका छन सायद त्यतिकार कुनै कार स्वरुममा छैनन् होला ।

१९६३ मा साधारण परिवारमा जन्मिएकी निता सुरुवाटै क्लासिक डान्सरको बन्न चाहान्थिन तर भाग्यले केहि अर्के चाहान्थो । अब उनि प्रतिस्ठित ब्यबसाहिक महिलाको रुपमा आफुलाई चिनाई सकेकी छिन ।

उनि कयौ एनजिओकी संचालिका पनि हुन । निता संसारका बहुचर्चित पेड्रो, गार्सिया, जिम्मी, चू, पेलमोडा, मार्लिन, जस्ता ब्रान्डका जुत्ताको प्रयोग गर्छिन । यिनका फोन देखी लिएर साँडिहरु पनि बेलाबेलामा समाचारको बिषय बनिरहेका हुन्छन ।

यि अरबपतिको श्रीमतीले बोक्ने ह्यान्ड ब्यागको मुल्य पाँचलाख भारु रहेको छ भने बुल्गारी, कार्टियर, राडो, गुसी, केल्विन केलिन जस्ता दर्जनौ घडिको मुल्य दुई लाखबाट सुरु हुन्छ ।

निता अम्बानीसंग सुन र हिराजडित सांडिको ठुलै ‘कलेक्सन’रहेको छ र ज्वेलरीहरुकोहरु पनि उत्तिकै मुल्यका करोडौ मुल्यका रहेका छन ।
निता अम्बानीलाई कहिले एनजिओको काममा पनि देखीनुको कारण उनले गरिब आमा बुवाका बच्चाहरुलाई सित्तैमा शिक्षा दिएकी छिन ।

निता आफ्ना बच्चाहरुकोलागी कुनै बिशेष प्रकारले होईनकी आम बच्चाकी आमाले जस्तै सामान्य तरिकाले हुर्काएकि हुन,उनि चाहान्छिन बच्चाहरुले अरुको इज्जत गरुन ।

अम्बानीका छोराले रिलायन्सको एम्पायर सम्हाली रहेका छन । मानिस जतिनै धनि भएपनि उसले आफ्नो मानविएता बिर्सनु हुदैन भन्नेकुरा निता अम्बानी आफ्नो अन्र्तवार्ताहरुमा भन्ने गरेकी छिन ।



प्रतिक्रिया दिनुहोस्